तेलको मुल्य बृद्धी विरुद्ध फ्रान्समा ब्यापक प्रदर्शन, एकको मृत्यु



People wearing yellow vests, a symbol of a French drivers’ nationwide protest against higher fuel prices, block the Paris-Brussels motorway in Haulchin, France, November 17, 2018. REUTERS/Pascal Rossignol

पेरिस (एजेन्सी)
फ्रान्समा तेलको मुल्य बद्धी विरुद्ध भएको प्रदर्शनमा ४ सय भन्दा धेरै जना घाइते भएका छन् । ती मध्य १४ जनाको अवस्था गम्भिर रहेको बताइउको छ ।
यस घटनामा एक जनाले ज्यान गुमाएका छन् । गृह मन्त्री क्रिस्टोफ केस्टेनरले आइतबार घाइतेको संख्या शनिबार दुईगुणा भएको जानकार दिए । शनिबार राती प्रदर्शनकारीहरुले ८७ फरक फरक स्थानमा प्रदर्शन गरेको र उनीहरुले आक्रोस पोख्ने क्रममा सडक अवरुद्ध पारेका थिए ।

घाइते हुने ४ सय ९ जनामा २८ प्रहरी, सैन्य प्रहरी र फारर विग्रेडको कर्मचारी परेका छन् । क्रिस्टोफले देशभरी २ हजार ३४ स्थानमा भइरहेको प्रदर्शनीमा करिब २ लाख ८८ हजार सहभागी भएको जानकारी दिएको आरटीएल रेडियोले जनाएको छ । करिब ३ हजार ५ सय जना प्रदर्शनस्थलमा जम्मा भइरहेको बताइएकोछ ।


प्रहरीले यस सम्बन्धमा २ सय ८२ प्रदर्शनकारीसँग सोधपुछ गरेको र ती मध्य १ सय ५७ जना अहिले पनि हिरासतमा रहेका छन् , क्रिस्टोफले भने– गत राती अत्यन्तै अशान्त रह्यो । आक्रमण भए, भिडन्त भए र चक्क पनि प्रहार भयो । यलोवेस्टमा प्रदर्शनकारीहरुबीच कुटपित भए । केही स्थानमा मानिसहरुले धरै नै मदिरा सेवन गरे । उनीहरुले अत्यन्तै खराब होहल्ला गरे ।
यसैबीच आयोजकहरुले देशभरी १ सय ५० स्थानमा आइतबार पनि प्रदर्शन जारी राख्न अपिल गरेका छन् ।

राष्ट्रपनिको लोकप्रियतामा ह«ास
यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंको लोकप्रियातामा २५ प्रतिशत गिरावट आएको एक सर्वेक्षणले देखाएको छ । चुनावमा निगरानी राखेको एक शोध समुहले आइतबार उक्त सर्वेक्षण प्रकाशित गरेको हो । देशब्यापी इन्धनको मुल्य बृद्धी विरुद्ध ‘येलो वेस्ट ‘ प्रदर्शन भइरहेको बेला पत्रिका टु डिमांसेमा उक्त सर्वेक्षण नतिजा प्रकाशित भएको हो । उक्त नतिजालाई लिएर विश्लेषकहरुले सर्वेक्षणले ४० बिर्षय राष्ट्रपतिलाई लिएर असन्तुष्टी देखाएको बताए ।

सर्वेक्षण अनुसार मात्र ४ प्रतिशतले म्याक्रोंको प्रदर्शनबाट अत्यन्त सन्तुष्ट रहेको बताएका छन् भने २१ प्रतिशतले ‘करिब सन्तुष्टी‘ ब्यक्त गरेका छन् । करिब ३४ प्रतिशतले करिब असन्तुष्टी ब्यक्त गरेका छन् भने ३९ प्रतिशतले ‘अत्यन्त असन्तुष्टी‘ ब्यक्त गरेका छन् ।

उक्त सर्वेक्षण १ हजार ९ सय ५७ जनामा नोभेम्बर ९ देखि १७ को बीचमा गरिएको थियो । यो नतिजा राष्टपतिको चुनावपछि राष्ट्रपतिलाई लिएर विचार परिवर्तन हुनु फ्रान्सिसी मतदाताहरुमा लामो समयदेखि देखिएको विशेषत हो । यस्तै नतिजा फ्रास्वां ओलान्ड र निकोलस सारकोजीलाई लिएरपनि देखिएका थियो ।

प्रतिक्रिया दिनुहोस्