रानीपोखरीको पुनः निर्माण आदि स्वरूपमा कि निवर्तमानमा ?



प्रा.डा. जीवराज पोखरेल
प्रताप मल्लले सन् १६७० मा बनाएको र जुद्ध शमशेरले सन् १९३४ को भूकम्पपछि पुनर्निमाण गरेको रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर २०७२ सालको भूूकम्पमा क्षतविक्षत भएको थियो । यसको सन् १६७० मा भएको निर्माणपछि नेपालमा सन् १६८१, १७६७, १८०८, १८१०, १८२३, १८३३, १८३४, १८३७, १८६९, १८९७, १९१७ मा महाभूकम्प आएका थिए । यी भूकम्पमा यो मन्दिरमा क्षति भएको थाहा हुन सकेको छैन ।  तर जङ्गबहादुरले सन् १८५१ मा यस मन्दिरलाई भत्काई गुम्बज शैलीमा पुनर्निर्माण गरे ।

छ‘दाखॉदाको मन्दिरलाई भत्काउनुपर्ने केही कारण थिएन । सम्भवतः सन् १८३४ को महाभूकम्पमा केही क्षति भएको थियो र उनले त्यस मन्दिरलाई भत्काए । सन् १९७५ मा तयार गरिएको काठमाडौं उपत्यकाको सम्पदा नामक पुस्तकमा यसको सम्भावनाको उल्लेख गरिएको छ । सन् १९३४ को महाभूकम्पमा यो भत्कियोे । यसलाई जुद्धशमशेरले गुुम्बज शैलीमा बनाएका थिए । यसको पुनर्निर्माणलाई लिएर विभिन्न चर्चा–परिचर्चा भएका थिए ।

अहिले आएर यसलाई यसको निर्माण हुुँदाखेरिको ग्रन्थकुुट शैलीमा दुईवटा कारणले बनाउने निर्णय भएको छ । पहिलो, प्रताप मल्लले सन् १६५४ मा स्वयम्भूू मन्दिर परिसरमा ग्रन्थकुट शैलीमा बनाएका प्रतापपुर तथा अनन्तपुर मन्दिर अझै विद्यमान रहेका छन् । सन् १६७६ मा गरुडको स्थापना गरेर बनाइएको यही स्वरूपको मन्दिर काठमाडौंको ओण्डेमा अझै विद्यमान छ । यसबाट त्यस बखत ग्रन्थकुुट शैलीको निर्माणको लहर चलेको जस्तो लाग्दछ ।

दोस्रो, सन् १८४५ मा तिब्बतको भ्रमणबाट काठमाडौं पसेका प्रसियाका राजकुमार वाल्र्डमारसित आएका चित्रकारले बनाएको मन्दिरको नक्सामा यो मन्दिरलाई यसै शैलीमा बनाएको देखिएको छ । त्यसकारण सन् १६७० मा उनले ग्रन्थकुट स्वरूपमा मन्दिर बनाएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सम्पदा संरक्षण एक संवेदनशील विषय हो । यसमा देशको मात्र नभई विदेशका मानिसको भावना पनि गॉसिएको हुन्छ । त्यसैले पनि विशिष्ट खालका वास्तु–कलात्मक संरचनालाई विश्वसम्पदाको संज्ञा दिइएको हुन्छ । यदि उचित तरिकाले पुनर्निर्माण भएन भने यसको चर्काे आलोचना हुन सक्छ ।

यो मन्दिर प्रताप मल्लका छोरा चक्रवतीन्द्र मल्लको अचानक निधन भएकोले शोक विह्वल उनकी रानीको मन बहलाउने उद्देश्यले सन् १६७० मा ५१ तीर्थस्थलको जल पोखरीमा सङ्कलन गरेर यसको बीचमा निर्माण गरिएको थियो । ग्रन्थकुट शैलीमा नेपालमा सबभन्दा पहिले पन्ध्रौं शताब्दीमा बनेको मरुटोलको महादेव मन्दिर मानिएको छ । यसपछि नरसिंह मन्दिर सन् १५८९ मा पाटन दरबार स्क्वायरमा बनेको थियो ।

यसलाई सन् १६५० मा लेखिएको कीर्तिपताका नामक पुस्तकमा कवि कुनु शर्माले अघलो पॉचवटा शिखर भएको मन्दिर भनेर उल्लेख गरेका छन् । यस्तो मन्दिरमा बीचमा एक र चारै दिशामा चारवटा अन्य शिखर हुने भएकोले यसो भनिएको हो । यसै मन्दिरमा अवस्थित शिलालेखमा यसलाई गुुन्थकुट देवलको नाम दिइएको छ ।

त्यसपछि सन् १६५४ मा स्वयम्भूू परिसरमा प्रताप मल्लले आफ्नो र आफ्नी रानी अनन्त प्रियदेवीको सम्झनामा प्रतापपुर तथा अनन्तपुर मन्दिर यो शैलीमा बनाएका थिए । यस्तै ओण्डेमा सन् १६७६ मा समर्पण गरिएको गरुडको मूर्तिसहितको मन्दिर, गुह्येश्वरीबाट पशुपतिनाथ आउने बाटोमा गोरखनाथको मन्दिर, सन् १७८२ मा बनेको टेकुुमा जगन्नाथको मन्दिर, मरुटोलको मैजुु देगसित टाँसिएको मन्दिर, पाटनको नुुग टोलमा उमा महेश्वरको मन्दिर, नारायणहिटी दरबारको परिसरमा सन १६९२ को अभिलेख भएको तर सन् १७९३ मा वर्तमान स्वरुपमा बनेको नारायण मन्दिर, पाटनको इखालाखुुमा सन् १७२६ मा बनेको गणेश मन्दिर, सन् १८६० मा शङ्खमूलमा बनेको नारायण मन्दिर, भक्तपुुरको दरबार स्क्वायरको दुुर्गा मन्दिर, यसै परिसरमा रहेको भगवती मन्दिर, नसमान टोलको ज्योतिर्लिङ्ग मन्दिर, बोडेको गरुड नारायण मन्दिर, ठिमीको गौरीशङ्कर मन्दिर र कीर्तिपुरको बुद्ध मन्दिर पनि विभिन्न मात्रामा यसै शैलीमा बनेको देख्न सकिन्छ ।

समयको प्रवाहसँगै मन्दिरको स्वरूपमा अदलबदल हुन सक्छ । विशेष गरी आगलागी तथा भूकम्पजस्ता विपद परेपछि गरिने पुनर्निर्माणमा यस्तो परिघटना भएको देख्न सकिन्छ । नेपालमा सन् १९३४ को भूकम्पपछि कति सत्तल शैलीका मन्दिरलाई गुम्बज शैलीमा रूपान्तरण गरियो । पाटनको मंगलबजारस्थित भाइ देवल मन्दिर यसको ज्वलन्त उदाहरण हो । अहिले यसलाई पहिलेकै सत्तल स्वरूपमा निर्माण गरिँदै छ । यसरी मन्दिरको स्वरूपमा परिवर्तन भए पनि भरपर्दाे नापनक्सा भेटेको खण्डमा मन्दिर बन्दाको स्वरूपमा मन्दिरलाई रूपान्तरण गर्न सकिन्छ । यस्तो यथास्थितिको पुनस्र्थापनको प्रावधान युुनेस्कोको निर्देशिकामा पनि विद्यमान छ ।

नेपालमा विगतमा पनि यस्तो काम नभएको होइन । भक्तपुुरमा नसमान पाटी एकतले सत्तल संरचनाको बनेको थियो । तर पर्सी ब्रोनले सन् १९११ मा लिएको यसको फोटोमा यो दुुईतले थियो । यसैको आधारमा यस मन्दिरलाई दुुईतले पूर्वस्वरूप प्रदान गरिएको थियो । त्यसै गरी एकतलाको सत्तल शैलीको राम मन्दिरमा छोटा तथा लामा टुु‘डाल भेटिएकाले यसलाई पनि दुुईतले बनाइयो ।

तर नापनक्सा नपाइएको अवस्थामा मन्दिरको निवर्तमान स्वरूपअनुुसार बनाउने चलन छ । युनेस्कोको निर्देशिकामा पनि यसको उल्लेख भएको छ । उदाहरणको लागि भीमशमशेरको शासनकालमा लुम्बिनीमा केशरशमशेरले सन् १९३८ मा मायादेवी मन्दिर बनाएका थिए । यसको मन्दिर बनाउ‘दाको स्वरूप कस्तो थियो, अनुुसन्धान गर्न बॉकी नै छ । त्यसकारण सन् २००२ मा यसको पुनर्निर्माण गर्दा यसको निर्माणकालको वास्तविक स्वरूप अर्कै भए पनि केशरशमशेरले बनाएको स्वरूपसरह नै बनाइएको थियो । यसका डिजाइनर तथा स्तम्भकारले मनाही गर्दागर्दै पनि स्वर्गीय सुदर्शन भन्थेज्यूले आमरण अनशन गर्ने चेतावनी दिएपछि जबर्जस्ती स्तूप राखिएको हुनाले अलिक फरक खालको देखिन्छ । स्तूप हटाएको खण्डमा करिब–करिब केशरशमशेरले बनाएको मन्दिरजस्तै नै अहिलेको मन्दिर देखिन्छ ।

प्रतापपुर, अनन्तपुर र ओण्डेको नारायण मन्दिर तथा यसको सन् १८४५ मा बनाइएको प्रसियन कलाकारको चित्रलाई हेर्दा यसको ग्रन्थकुट स्वरूपको निर्माणको सम्भावना उच्च छ । तर दुुर्भाग्यको करा के भने, यसको नापनक्सा भेटिएको छैन । भेटिएको नक्सा पनि स्मरणमा आधारित भएको अड्कल लगाइएको छ । संरक्षण सत्यमा आधारित हुन्छ । यसमा अर्धसत्यको स्थान रहँदैन । अलिकति पनि अनुुमान तथा अड्कललाई संरक्षणले मान्यता दिँदैन । त्यसकारण भरपर्दाे नापनक्सा अथवा संकेत पाएको खण्डमा आदि स्वरूपमा र नपाइएको खण्डमा जुुद्धशमशेरले बनाएको निवर्तमान स्वरूपमा बनाउनु नै उचित हुुन्छ ।

सम्पदा संरक्षण एक संवेदनशील विषय हो । यसमा देशको मात्र नभई विदेशका मानिसको भावना पनि गॉसिएको हुन्छ । त्यसैले पनि विशिष्ट खालका वास्तु–कलात्मक संरचनालाई विश्वसम्पदाको संज्ञा दिइएको हुन्छ । यदि उचित तरिकाले पुनर्निर्माण भएन भने यसको चर्काे आलोचना हुन सक्छ । फ्रान्सको गोथिक शैलीको आदि गिर्जाघर सेन्ट डेनिसको मिनारमा सन् १८३७ मा चट्याङ परेको थियो । यसको संरक्षण गर्ने अभिभारा फ्रास्वाँ डेब्रेटलाई दिइएको थियो ।

उनले उक्त मिनारलाई भत्काएर सिमैन्ट तथा छड प्रयोग गरेर गह्रौं खालको नयॉ मिनार बनाए । पछि मन्दिरमा चिरैचिरा परेर तत्कालीन मन्त्रीले नवनिर्मित मिनारलाई भत्काउन लगाए । पुरातत्वविद् नेपोलियन डाइड्रनले ‘अब हामीलाई यो सम्पदामा कुनै अभिरुचि छैन र यस मन्दिरलाई पूूरै भत्काइदिए पनि हुन्छ, किनभने मानमर्दनभन्दा मृत्युु कतिले वरण गर्न चाहेका हुन्छन्’ भनेका थिए । त्यसकारण यस मन्दिरलाई विवेकको प्रयोग गरेर संरक्षण गरिनुपर्दछ ।

(सम्पदा संरक्षण विज्ञ प्रा.डा. पोखरेल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्