चिनिया राजदूत फिर्ता हुदै



काठमाडौ । नेपालस्थित चिनिया राजदूत यु होङगको कार्यकाल पुरा नहुदै चिन सरकारले फिर्ता बोलाएको छ । २ बर्ष अघि नेपालको राजदूतको रुपमा आउनु भएकी यु को कार्यक्षमतामा प्रश्न उठेपछि फिर्ता बोलाइएको बताइएको छ ।
चिनिया परराष्ट्र मन्त्रालयले युलाई डिसेम्वरमा फिर्ता हुने तयारी गर्न निर्देशन दिएको बताइएको छ । रणनीतिक महत्वको देशको रुपमा रहेको नेपालमा चिनिया सरकारको योजना अनुरुप काम गर्न नसकेपछि फिर्ता बोलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्