इँट्टा भट्टाद्वारा नगरपालिकाको सूचना अवज्ञा गर्दै उद्योग सञ्चालन



pAhfpo’Qm e”lddf OF§fe§f sfe|]knf~rf]ssf] gdf]a’4 gu/kflnsfsf] es’08a];Ldf /x]sf] pAhfpo’Qm e”ld OF§fe§fn] 9flsFb} . tl:a/ M k]df nfdf, sfe|]knf~rf]s, /f;;

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंशीमा सञ्चालन गरिरहेको इँट्टाभट्टा उद्योग बन्द गर्न र जग्गादातालाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले सूचना जारी गरे पनि अहिले व्यवसायीले उक्त सूचना अवज्ञा गर्दै इँट्टाभट्टा सञ्चालन गर्न थालेका छन् ।

 

नमोबुद्ध नगरपालिकाले वातावरण प्रदूषण बढ्दै गएका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बन्द गर्न एक हप्ताअगाडि देखि सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनामा इँट्टाभट्टा दर्ता तथा नवीकरण रोक्का र सञ्चालित इँट्टाभट्टालाई जग्गा दिने जग्गाधनीलाई फिर्ता लिन भनिएको थियो ।

 

इँट्टा उद्योगबाट निस्केका धुवाँ, धुलो र ध्वनिबाट जनस्वास्थ्य र वातावरणमा नकारात्मक असर पारी श्वासप्रश्वासका साथै आँखाको रोगसमेत बढेकाले त्यसप्रकारको काम अगाडि बढाए त्यसको जिम्मेवारी उद्योग–व्यवसायीले नै लिनुपर्ने पनि सूचनामा उल्लेख गरिएको थियो ।

 

उक्त सूचनालाई उल्लङ्घन गर्दै भट्टा सञ्चालकहरुले इँट्टा पार्ने काम शुरु गर्न थालेका छन् । भैरवकुण्ड इँट्टा उद्योगका सञ्चालक केदारप्रसाद आचार्यले शुक्रबारदेखि इँट्टा पार्ने काम शुरु गरेका छन् । उनले इँट्टा पार्ने समय शुरु भएकाले आफ्नै रफ्तारमा काम शुरु गरेको बताए  । “हामीलाई औपचारिक रुपमा कुनै जानकारी छैन तर हाम्रो त करोडौँको लगानी भइसकेको छ, लाभग्राही हामी मात्रै नभई निम्नवर्गका मान्छेले हामी कहाँ आएर काम गरिरहेका छन् । यसलाई पनि त नगरपालिकाले बुझिदिनुप¥यो,” उनले भने ।

 

रामेछाप खनियाँपानीका धनबहादुर मानन्धरले इँट्टा पार्नका लागि खलो सफा गर्न लागिसकेका छन्  । एक इँट्टाको रु १.१५ का दरले काम गर्दै आएका उनले यस वर्षका लागि काम गर्न पहिले नै तीन लाख पेश्की लिइसकेको र त्यसका लागि तीन दिनअगाडि देखि इँट्टाभट्टामा आएर काम गर्न थालेका हुन्।

जग्गाधनी नारायणहरि तिवारीले आलु लगाउन पानी नभएको र माटो पनि उपयुक्त नभएकाले भट्टालाई दिँदा फाइदा भएको बताए  । “भट्टाबाट निक्लेको धुवाँ कम गर्ने र बाटोमा उडेको धुवाँका लागि पानी हाल्नुप¥यो, यति ग¥यो भने भट्टा राखेर खासै हाम्रा लागि घाटा छैन,” उनले भने ।

 

इँट्टाभट्टाका कामदार तथा जग्गाधनीसमेत रहेका सन्तोष गौतमले भट्टाबाट स्थानीय बासिन्दाले रोजगार पाएका र सुख्खा क्षेत्रमा सञ्चालन भएको इँट्टा उद्योगले केही फरक नपार्नेमा जोड दिँदै उनले भने, “उद्योग सञ्चालकहरुले यहाँबाट निस्केको धुवाँधुलो नियन्त्रण गर्नुपर्छ नै, त्यससँगै काम पनि गर्न पाउनुपर्छ ।”

 

पञ्चकन्या इँट्टा उद्योगका सञ्चालक गोविन्दराम तण्डबसुले भट्टा सञ्चालन गर्नहुने भनेर विगतमा सिफारिश दिनेले अहिले किन हुँदैन भनेर बन्द गर्ने कुरा उठायो त्यो बेला नै सिफारिश नदिएको भए अहिले यस्तो अवस्था नै आउने थिएन । आव २०७४/७५ मा नगरपालिकाले प्रत्येक इँट्टाभट्टाबाट वार्षिक दुई लाख ५० हजारका दरले कर लिएको थियो ।

 

“हामी विकास बाधक होइनौँ, त्यसका लागि मिलेर काम गर्छौं ।” उनले भने, “जग्गाधनीहरुसँग आठ/१० वर्षका लागि लचनचल्तीमा चलेबमोजिम भाडा लिने गरी काम गर्न हामी जग्गा दिन्छौँ काम गर्नुस् भनेर उहाँहरुसँग कागज गरेर काम गरेको हुनाले जग्गाधनीहरु कोही पनि आएर काम नगर्नु भनेका छैनन् ।”

 

काभ्रे इँट्टा व्यवसायी सङ्घका अध्यक्ष जितेन्द्र खैमलीले भएको उद्योगलाई नचलाउनु भन्नु नियमसङ्गत नभएको बताए ।

हाम्रा उद्योग उद्योग मन्त्रालयअन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको र त्यहीँबाट नवीकरण गर्ने उनले बताए  ।

 

नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिना शर्माले नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने भनेर जनप्रतिनिधिहरु पद बहाली भएर आएपछिको नगरको पहिलो बैठकबाट नै निर्णय गरेर इँट्टाभट्टाको दर्ता नवीकरण नगर्ने भएको हुँदा अब ती उद्योगहरु सञ्चालन गर्न नदिने बताए  ।

 

अहिले नगरसभाले पनि सोही कुरालाई अनुमोदन गरिसकेकाले नगरको नीति तथा कार्यक्रममा इँट्टाभट्टा भन्ने शब्द नै नराखेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्