नेपाल संवत् ११३९ नयाँ वर्ष मनाईयो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल संवत् राष्ट्रिय संवत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको निधनले स्थगित गरिएको ¥याली आईतबार आयोजना गरिएको छ ।

नेपाल संवत्का प्रवत्र्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आईतबार राजधानीमा ‘शंखधर दिवस र भिन्तुना ¥याली निकालिएको हो । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

यस अघि नेपाल संवत् ११३९ प्रारम्भ भएको दिन नया“ वर्ष (न्हुद“) समारोह समितिले तुलाधरको निधनप्रति श्रद्धा सुमन व्यक्त गर्र्दै भिन्तुना ¥याली लगायत पूर्वनिर्धारत सम्पूर्ण कार्यक्रम स्थगित गरेको थियो ।

कामपा वडा नं १५ लखुतीर्थमा आईतबार साख्वाःको सालिकमा श्रद्धासुमन अर्पण गरिएको थियो ।
यसैबीच नेपाल संवत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको निधनले स्थगित गरिएको नव वर्ष नेपाल संवत् ११३९ प्रारम्भ भएको खुशियालीको ¥याली पनि आईतबार नै निकालिएको थियो ।

बिहान बसन्तपुर डबलीबाट निकालिएको बाजागाजासहितको ¥याली शहरको भित्री भागको परिक्रमापछि सभास्थल पुगेको थियो । ¥यालीमा काठमाडौका विभिन्न टोलका साहित्यिक, साँस्कृतिक तथा सामाजिक सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

उपप्रधान रक्षा मन्त्री ईश्वर पोखरेलले साख्वाःको प्रतिमामा माल्र्यापण गरी बसन्तपुरबाट सो भिन्तुना ¥यालीको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा उहा“ले राष्ट्रको मौलिक संवत् नेपाल संवत्को जगमा टेकेर इतिहासका अन्य सम्पदाहरुको संरक्षणमा जुट्न आह्वान गर्नुभयो । राष्ट्रको पहिचान बोकेको नेपाल संवत्लाई सा“घुरो दायराबाट मुलुकका कुनाकाप्चासम्म फैलाउन आवश्यक रहेको पनि उहा“ले औ“ल्याउनुभयो ।

नेपाल संवत् न्हूद“ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमाले नेपाल संवत् राष्ट्रिय संवत् आन्दोलनका प्रणेता तुलाधरको निधनभएकोले उहा“कै सम्मानमा नेपाल संवत् नया“ वर्ष प्रारम्भ भएको दिन ¥याली स्थगित गरिएको बताउनुभयो ।

यसअघि उपप्रधानमन्त्री पोखरेलले मरु टोलस्थित पुनःनिर्माण गर्न लागिएको ऐतिहासिक काष्ठमण्डप स्थलको निरीक्षण गर्नुभयो ।उहा“लाई जनस्तरबाट गठित काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष प्रदेश सांसद राजेश शाक्यले पुनःनिर्माणका लागि भइरहेका कार्यबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्