ट्रकले च्यापिएर हेटौंडामा २ जनाको ज्यान गयो



नेपाल समाचारपत्र, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपति नगरमा ट्रकले च्यापिएर २ जनाको ज्यान गएको छ ।

बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौंडा –४ का २० वर्षीय सुदिप घिमिरे र ना१ह ८९५९ नम्बरको अटोमा सवार हेटौंडा(४ कै ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ट्रक सडकमै पल्टिएपछि राजमार्गसमेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्