फेरि डावर नेपाल र सिद्धार्थ शमशेर उत्कृष्ट करदाता



g]kfn ;/sf/ cy{dGqfno cfGtl/s /fh:j ljefu4f/f cfof]hLt ;ftf}+ /fli6«o s/ lbj; ;df/f]xdf cy{dGqL 8f= o’j/fh vltj8f4f/f ljleGg If]qdf ;j}eGbf j9L /fh:j ltg]{ ;+3;+:yfsf k|ltlglwx?nfO{ ;Ddfg kq ljt/0f kl5 ;fd’xLs tl:a/ lvrfpb} . tl:a/ M k|bLk/fh jGt,/f;;

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले आम्दानीअनुसार सबैले कर तिर्नुपर्ने उल्लेख गर्दै हामीले कर तिरेनौं भने समृद्धिको बाटो बन्द हुन्छ बताउनुभएको छ । सातौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको करदाता सम्मान कार्यक्रममा अर्थमन्त्री खतिवडाले सो कुरा बताउनु भएको हो ।

उहाँले करको विषयमा मुद्दा मामिला र हतकडी लगाउनुपर्ने अवस्था आउन नदिन व्यवसायी आफैं सचेत हुनुपर्नेमा जोड दिँदै राज्यको आँखाबाट कोही नछुटने हुँदा उपभोक्ताको हितमा प्रतिकँल नहुने गरी कर प्रणालीलाई व्यवस्थापन गर्न सरकार लागेको बताउनुभयो । उहाँले करको दर नभई दायरा बढाउनेतर्फ ध्यान केन्द्रित भएको हुँदा कर सहभागिता बढाउन सहकार्य र एक अर्काप्रति सम्मान गर्नुपर्नेमा जोड थियो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव राजन खनालले कर सुधारको विषयमा सरकारले अभ्यास गरिरहेको भन्दै पछिल्ला केही वर्षदेखि परिवर्तन देखिएको जिकिर गर्नुभयो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले करदातालाई जागरुक बनाउनेतर्फ ध्यान दिँदै सरकारको आर्थिक नीति र राजस्व परिचालन नीतिलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले विभागले बृहत्तर छुट सुविधासहितका कार्यक्रम ल्याएकाले त्यो अवसर नगुमाउनसमेत करदातालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रणाली उद्योगमैत्री तथा औद्योगिक क्षेत्रमा लगानीको वातावरण निर्माणतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सातौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले शनिबार विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

विभागले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा सँर्य नेपाल प्रालि तथा व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरालाई सम्मान गरेको छ । सँर्य नेपाल यसअघि दुईपटक तथा राणा पाँच वर्षदेखि उत्कृष्ट करदाताको रुपमा सम्मानित हुँदै आउनुभएको छ ।

निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपंक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त उत्कृष्ट करदाता भएका छन् ।

यस्तै बैंक वित्तीय संस्थातर्फ नबिल बैंक, बीमातर्फट नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेसनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।

यसैगरी व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि तथा ४० करोडसम्म कारोबार भएका मध्येबाट नेपाल इन्भेष्टमेन्ट प्रालि, वार्षिक ४० देखि ८० करोड कारोबार गर्ने मध्येबाट नेपाल स्टक एक्सचेन्ज र विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाउने घोराही सिमेन्ट प्रालिलाई समेत विभागले सम्मान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्