तामाङ दीदी भाइलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन आर्मी क्लबका तामाङ दिदी बहिनी नङसलदेवी र रत्नजीतले आठौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत शनिबार उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको महिला सिंगल्सको फाइनल खेलमा नङसलले आर्मीकै रसिला महर्जनलाई हराएर उपाधि हात पारेकी हुन् । गत संस्करणमा जेसिका गुरुङसँग फाइनल गुमाएकी नङसलले यस पटक उपाधि जित्न सानदार खेल पस्किन् । उनले पहिलो सेट २२–२० ले जितेर खेलमा अग्रता लिएकी थिइन् । तर दोस्रो सेटमा रसिलाले सहजै २१–१५ ले जित्दै खेल निर्णायक सेटमा पु¥याइन् । जसमा नङसलले २१–१८ ले आफुतिर नतिजा फर्काएर ५० हजार नगद पुरस्कार आफनो बनाइन् । रसिलाको हातमा २५ हजार नगद प¥यो । त्यस्तै तेस्रो स्थानमा रहेका एपीएफका जेसिका र शोभा गौचनले १०÷१० हजार रुपियाँ प्राप्त गरे ।

यसैगरी पुरुष एकल फाइनलमा रत्नजीतले आफना चीरपरिचित प्रतिद्वन्द्वी एपीएफका दिपेश धामीलाई सोझो सेटमा हराएर उपाधि जितेका हुन् । यसअघि जेष्ट ब्याडमिन्टन प्रतियोगितामा उपाधि जितेका दिपेशमाथि उनले २१–११, २१–१६ ले धाक जमाएका थिए । यो रत्नजीतको यस प्रतियोगितामा सातौं उपाधि हो । विजेता र उपविजेताले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे । आर्मीका नवीन श्रेष्ठ र रुकेश महर्जनले तेस्रो पुरस्कार १०÷१० हजार रुपियाँ हासिल गरेका थिए ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष डबल्सतर्फ पनि रत्नजित र नविन श्रेष्ठको जोडी विजयी भयो । उनीहरुले एपिएफका दिपेश र बिजित थापा मगरको जोडीमाथि २२–२०, २०–२२ र २१–११ को कठिन जित निकाल्दै उपाधी जिते । तेश्रो स्थानमा आर्मीका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे । शिर्ष तीन स्थान प्राप्त गर्ने जोडीले क्रमशः नगद २०, १० र ५ हजार प्राप्त गरे ।

महिला डबल्सतर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिकाको जोडीले उपाधी हात पा¥यो । यी जोडीले आर्मीका नङ्गशल र रशिलाको जोडीलाई २१–१३, २१–१४ को सोझो सेटमा हार चखाए । विजयी जोडीले नगद २० हजार र उपविजेताले नगद १० हजार तथा तेश्रो स्थान प्राप्त गर्ने जेष्ट ब्याडमिन्टनकी सिता राई र बाँकेकी संझना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडीले नगद ५÷५ हजार हासिल गरेका थिए ।

दुईवटा फाइनल गुमाएकी रसिलाले अन्ततः यु १७ गल्र्सको उपाधि जितिन् । उनले फाइनलमा आर्मीकै रञ्जना भट्टराईलाई आरामका साथ २१–५, २१–५ को सेटले पन्छाइन् । त्यस्तै ब्वाईजतर्फ दुवई जुनियर अन्तराष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले आर्मीका दिवस शंकरलाई २१–१६, २१–५ ले हराएर उपाधि हात पारेका थिए । दुबैतर्फका शीर्ष दुई खेलाडीले क्रमशः १५ र ७ हजार नगद हासिल गरेका थिए ।

यस्तै मास्टर्स ४५ बर्ष माथिको प्रतियोगितामा आर्मीका सुभाष श्रेष्ठ र भूमि गुरुङ्गको जोडीले बाजी मा¥यो । सुभाष र भूमिको जोडीले जेष्टका नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी माथि १६–२१, २१–१६, २१–१६ को सेटमा पराजित गरे । यो उनीहरुको लगातार २० औं उपाधी जित हो । तेश्रो स्थानमा जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिल मान शाक्य र पुर्ण भक्त चित्रकारको जोडी रहे । शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २०, १० र ५।५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्