खसोगी हत्याकाण्डमा युवराजको हात: सीआईए



इस्तानबुल (एजेन्सी)
अमेरिकी गुप्तचर एजेन्सी सीआईएले पत्रकार जमाल खसोगीको हत्या पछाडी साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको हात भएको बताएको छ । खसोगीको हत्या युवराजकै निर्देशन भएको निष्कर्षमा सीआईए पुगेको सन्चार माध्यमले जनाएको छ ।

निकट सुत्रलाई उदृत गर्दै अमेरिकी सन्चार माध्यमले उक्त दावी गरेको छ । अमेरिकी गुप्तचर निकायले साउदी अधिवक्ताहरुको छानबिनबाट प्राप्त नतिजाको ठीक उल्टो बयान दिएको छ । साउदी अरेबिया सरकारका वकिलहरुले उक्त जघन्य अपराधमा साउदी युवराजको हात नभएको ठहर गरेका थिए ।

टर्कीसँग थप प्रमाण भएको दावी

सीआईएका अनुसार साउदी सरकारका १५ एजेन्ट सरकाी विमानबाट इस्तांबुल गएको र साउदी बाणिज्य दुतावासमा खसोगीको हत्या गरेको वांिसंगटन पोस्टले जनाएको छ । यद्यपी अन्य सन्चार माध्यमले यस सम्बन्धमा सोधिएका प्रश्नको जवाफ दिन सीआईएले अस्विकार गरे ।

स्तम्भकार खसोगी आफनी तुर्केली प्रेमिकासँग विवाहका लागि आवश्यक कागजात लिन उक्त वाणिज्य दुतावासमा गएका थिए । त्यहीबेला उनको हत्या भएको थियो । खसोगीको हत्याकान्डलाई लिएर साउदी सरकारका तर्फबाट पटक पटक फरक बयान दिइरहेको छ ।

साउदी अरेबियाले सीआईएको दावीलाई अस्विकार गरेको छ । अक्टोबर २ मा भएको उक्त हत्यापछि साउदी अरेबियाले सुरुमा यस घटना बारे जानकारी भएको मान्न अस्विकार गरेको थियो । त्यसपछि उसले खसोगीको मृत्यु बहसका क्रममा हात हालाहाल हुँदा भएको बताएका थियो ।

टर्कीसँग पत्रकार जमाल खसोगीको हत्याका सम्बन्धमा साउदी अरेबियाको बयानको खन्डन गर्ने थप प्रमाण भएको एक तुर्केली अखबारले जनाएकोछ ।
त्यसमा अर्को अडियो रिकर्डिङ पनि भएको जनाइएको छ । उक्त रिकर्डिङ १५ मिनेटको बताइएको र त्यसबाट वासिङटन पोस्टका स्तम्भकारको हत्या पुर्व नियोजित हो भन्ने स्पष्ट भएको हुर्रियत अखबारले जनाएको छ ।
विहिबार साउदी अरेबियाले खसोगीको हत्यामा पाँच जनालाई अभियुक्त बनाउँदै उनीहरु विरुद्ध मृत्युदण्ड माग गरेको थियो । तर शक्तिशाली युवराज मोहम्मद विन सलमान हत्यामा सलंग्न नरहेको उल्लेख गर्दै उनलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्