अमेरिकाको राष्ट्रिय सुरक्षा संकटमाः प्रतिवेदन



वासिङटन (एजेन्सी)
अमेरिककाको एक संसदिय समितिले जारी गरेको आफनो एक प्रतिवेदनमा अमेरिका राष्टिय सुरक्षा र सैन्य संकटमा फसेका उल्लेख गरेको छ । रुस र चीनसँग हुन सक्ने युद्धमा अमेरिकाले पराजयको सामना गर्नु पर्ने चेतावनी पनि प्रतिवेदनले दिएको छ ।

कांग्रेसले राष्ट्रिय रक्षा रणनिति आयोगलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय रक्षा रणनितिको अध्ययन गर्न जिम्मेवारी दिएको थियो ।

ट्रम्पको यो नितिले मस्को र बेइजिंङसँग शक्ती हासिल गर्ने होडतर्फ लग्ने अनुमान गरेको छ । डेमोक्र्याटिक तथा रिपब्लिकन पार्टीका दर्जनौं पुर्व अधिकारीहरुको उक्त आयोगले बजेट कटौतीको सामना गरिरहेको सेनाको सुविधामा पनि कमी आइरहेको बताएका छन् । अर्को तर्पm चीन र रुस जस्ता देश अमेरिकी शक्तीसँग सन्तुलन कायम राख्न आफनो शक्ती बढाइरहेको आयोगले उल्लेख गरेको छ ।

अमेरिकी सैन्य श्रेष्ठता र राष्ट्रिय सुरक्षा खतरनाक स्तरसम्म खराब भएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म विश्वमा अमेरिकी सर्वसक्तिमान मानिन्छ । यो सताब्दीमा आतंकवाद विरुद्धको लडाईमा अमेरिकाको ध्यान केन्द्रित हुनुले क्षेप्यास्त्र रक्षा, साइबर तथा अन्तरिक्ष अभियान लगायत अन्य क्षेत्रहरुमा पछाडी परेको पनि उनीहरुले इंगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्