यस्तो दुर्दशा !



पाल्पाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्न हुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिए पनि आफू झाडी र खोला किनारमा पुग्ने गरेको समाचार आउँछ । पूर्ण सरसफाईयुक्त बन्ने अभियानमा नेपाल रहँदा पाल्पामा भने विद्यालयका शिक्षक नै यस्तो अबस्थामा भए त्यहाँको अन्य गाउँघरको अवस्था सामान्य रुपमा आंकलन गर्न सकिन्छ । यहाँ विद्यालय छ, तर यहाँ शौचालय छैन भन्दा अचम्म लाग्न सक्छ । त्यो पनि रामपुर नगरपालिकाभित्रको विद्यालयमा ।

यहाँका शिक्षक, विद्यार्थी विद्यालय आएपछि झाडी र खोला किनारमा शौच गर्न बानी परिसकेका छन् । शिक्षक आफैँले कक्षाकोठाभित्र खुल्ला ठाउँ, झाडी, खोला किनारमा दिसापिसाब गर्नुहुँदैन भनेर पढाउने गर्छन्, उनीहरू बाहिर निस्किएपछि विद्यार्थीलाई नै शौच गर्न झाडी, खोला किनारतिर पठाउने गर्छन् । विद्यालयको आर्थिक अवस्था नाजुक हुँदा शौचालय बनाउन नसकिएको कुरा बाहीर आएको छ । स्थानिय निकयले यसमा ध्यान दिन जरुरी छ ।
– प्रदीप रेग्मी, पोखरा ।

प्रतिक्रिया दिनुहोस्