धर्म परिवर्तन अपराध हो



नेपालमा मुलुकी अपराध संहिताले मानिसको धर्म परिवर्तन गराउने कार्यलाई गैरकानुनी भन्दै दण्डको सजाय गरेको छ । मुलुकी अपराधसंहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाउन सकिने व्यवस्था छ । सो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, विदेशीको हकमा भने कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनुपर्नेछ । नेपालका कानुन कडा नै भए पनि या बन्देज लगाए पनि धर्म परिबर्तन गराउनेको झुण्ड सकृय रहेको छ ।

नेपालमा धर्म परिवर्तन गराउन जिल्ला–जिल्ला, टोल–टोलमा मानिसहरू खटिएका छन् । विभिन्न प्रलोभन दिएर धर्म परिवर्तन गराउने गरिएको छ ।

खासगरी दुर्गम क्षेत्रका विपन्न परिवारहरू यसरी धर्म परिवर्तन गर्ने गराउने मध्येमा पर्दछन् । आर्थिकरूपले गरिब, शैक्षिक रूपले निरक्षर र चेतनाका दृष्टिले पछाडि परेकाहरू यस्ता दलालको सिकार हुने गरेका छन् । नेपालमा विभिन्न प्रलोभन दिएर क्रिश्चियन धर्मको अनुयायी बनाउने अभियान चलेको छ । उनीहरूले हिन्दू धर्मका मानिस मात्र होइन बौद्ध, किराँत धर्मका अनुयायीलाई पनि निशाना बनाउने गरेको देखिएको छ ।

हिमाली तथा पहाडि जिल्लामा धर्म परिबर्तन धेरै फस्टाएको छ । कसैले जबर्जस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउनु कानुनी अपराध हो । धर्मको आडमा राजनीतिको रोटी सेक्ने प्रपन्च अनुसार नेपालमा यसो भईरहेको देखिन्छ । धर्मको घुसपैठले राजनीतिक असन्तोष फैलाउने र अर्थतन्त्र तहस नहस बनाउने जस्ता कार्य हुन सक्छन । सरकारले यो विषयमा कडाई गर्न जरुरी छ । आफ्नो धर्मको प्रचार गर्न पाईन्छ तर प्रलोभनमा पारेर अभियान नै चलाएर धर्म परिबर्तन गराउन हिंड्नुको कारण पत्ता लगाउन जरुरी छ ।
– मनोज कार्की, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्