चलचित्र ‘ड्रिम गर्ल’ मंसिर ७ मा देशभर प्रदर्शन हुँदै



काठमाडौं ।
प्रेम कथामा आधारित चलचित्र ‘ड्रिम गर्ल’ मंसिर ७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘ड्रिम गर्ल’ ऋषिराज आचार्यद्वारा निर्माण तथा निर्देशित चलचित्र हो ।

‘ड्रिम गर्ल’ प्रेम कथासंगसंगै पूर्ण मनोरञ्जनात्मक चलचित्र हो ।

‘सपना तिम्रो मेरो’ र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता फिल्म बनाएका निर्देशक आचार्यले ‘ड्रिम गर्ल’ को लामो तयारी पछि निर्माण गरेका हुन् । फिल्ममा दुई करोडभन्दा बढी लगानी रहेकाे आचार्यले बताएका छन् ।

फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्