पर्यटकीय तीर्थस्थल गौमुखीमा मिडिया सम्मेलन हुने



सलिम अन्सारी, प्यूठान ।
पवित्र धार्मिक एवम् पर्यटकीय तीर्थस्थल गौमुखिमा मिडिया सम्मेलन हुने भएको छ । गौमुखि सहित जिल्लाका अन्य धार्मिक एवम् पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले यहि मंसिर १४ र १५ गते सम्मेलन आयोजना गर्न लागिएको हो । विभिन्न मिडिया हाउसका पत्रकारहरु सहभागी हुने उक्त सम्मेलनमा यस क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यहरूको थप पहिचान र विकासमा पत्रकारहरूको भूमिकाका विषयमा छलफल गरिने पत्रकार महासङ्घ प्यूठानका अध्यक्ष महाबिर रानाले जानकारी दिए ।

‘पर्यटन आर्थिक क्षेत्रको प्रमुख मेरुदण्ड हो,’ उनले भने, ‘यस्ता पर्यटकिय क्षेत्रको प्रबर्द्धन बिना आर्थिक समृद्धि कायम हुन सक्दैन अब आर्थिक समृद्धितर्फ पत्रकारहरूले कलम चलाउनुपर्छ ।’ रानाले भने ।

संघीय सरकारका पर्यटनमन्त्री सहित पर्यटनसँग सम्वन्धित विभिन्न निकायका ब्याक्तिहरूलाई समेत सम्मेलनमा सहभागी गराउने योजनामा रहेको यस्तो कुम्भ मेलामा सहभागी हुन ।

नेपाल पत्रकार महासंघ प्युठानले सबैलाई आग्रह गरेको छ।सम्मेलनको तयारीका लागि अर्खामा विभिन्न उपसमितिहरू समेत गठन भइसकेका छन् सम्मेलनमा सहभागी हुने पाँहुनालाई आयोजकले स्थानीय परिकारको स्वाद चखाउने योजना बनाएको छ ।कोदोको ढिडो, लोकल कुखुराको मासु ,रोटी, रायोको साग, फापरको रोटी, सिस्नो, सखरखण्ड, सिंकी लगाएत परिकारले पाँहुनाको सत्कार गरिने गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी गराए ।

‘जिल्लाका अन्य स्थानीय तहकोे तुलनामा हाम्रो गाउँपालिका दुर्गममै पर्छ’,उनले भने, झिमरुक नदिको उद्गम स्थल पनि यहीँ हो ,सवैको साथले सुगम गाउँपालिका बनाउने अठोटमा छौँ ।’ गौमुखी क्षेत्रमा रहेका संभावना र अवसरलाई उजागर गरी स्थानीयको जनजिविकालाई माथी उठाउन र यहाँको भौतिक पुर्वाधार बिकासका लागि सम्मेलनले साथ दिने उनले विश्वास व्यक्त गरे ।

सम्मेलन अवधिभर बस्ने अतिथीहरूलाई आयोजकले होमस्टेमा राख्ने व्यवस्था समेत मिलाएको छ ।पत्रकार महासङ्घ जिल्ला शाखा प्यूठान र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा अर्खामा हुने उक्त कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त कार्यक्रममा देश भरिका २ सय जना पत्रकार सहभागी हुनेछन् ।

यस अघि २०७३ मा स्वर्गद्धारीमा मिडिया सम्मेलन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्