एपीएफ टोेलीद्वारा कटुवा पेस्तालसहित एकजना पक्राउ



काठमाडौं।
चाईनिज कटुवा पेस्तोल र म्याग्जीनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सुपोल भिमनगर गाउपंचायत ४ घर बताउने २३ वर्षिय रन्जितकुमार मुखिया रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले सुनसरीे कोशी गाउँपालिका ८ स्थित चारकुने इलाकाबाट शनिबार पक्राउ गरेको हो ।

बीआर ५० एफ ३२०६ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज मुखियालाई जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी साेही एपीएफ टोलीले शनिबार सुनसरी कोशी गाउपालिका ६ स्थित धत्ता टोलबाट एउटा कटुवा पेस्तालसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपोल घर बताउने १८ वर्षिय विवेक यादव र सुमितकुमार गोइत रहेका छन् ।
भारतबाट अनटेष्ट लेखिएको मोटरसाकलमा नेपालतर्फ आउँदै गरेका निजहरुलाई जाँच गर्दा उनीहरुको साथमा उक्त कटुवा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्