हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ



कास्की ।
हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका ९८ स्थित लुम्बिनी मनिट्रान्सफरका संचालक सोही महानगरपालिका९५ मालेपाटन बस्ने ५३ वर्षीय नेत्रलाल ज्ञवाली र मनिट्रान्सफरका कर्मचारी सोही महानगरपालिका९२ बिन्दवासिनी बस्ने ३० वर्षीय प्रकाश थापालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त मनिट्रान्सफरमा अबैध तरीकाले हुन्डी कारोबार भएको भन्ने सूचना आएपश्चात ४ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूह पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न ब्यक्तिको नाममा हङकङबाट अबैध रुपमा आएको रकम १ लाख ५० हजार रुपैयाँ सहित कारोबारमा संलग्न दुवैजनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्