श्रोत नखुलेको अमेरिकी डलर सहित २ जना पक्राउ



रसुवा ।
गोसाईकुण्ड गाउँपलिका(६ धुन्चेबाट श्रोत नखुलेको १ सय दरका २ सय ८६ थान गरी कूल २८ हजार ६ सय अमेरिकी डलर सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन रत्ननगर नगरपालिका(६ बस्ने ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गरुडा नगरपालिका(९ बस्ने ३२ वर्षीय बिकाश चौधरी रहेका छन् । उनीहरूमध्ये श्रीरामको साथबाट १ सय दरका २ सय ६८ थान गरी २६ हजार ८ सय अमेरिकी डलर तथा सुन जस्तो देखिने पहेलो रंगको सिक्री ४ थान र बिकाशको साथबाट १ सय दरका १८ थान गरी १ हजार ८ सय अमेरिकी डलर प्रहरीले बरामद गरेको हो ।
धुन्चेस्थित तिर्सुली खोला पुल नजिकै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको बा।१ य १४४६ नम्बरको स्कारपिओ गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्