कञ्चनपुरको जिमुवामा बृहत जनचेतना सरसफाई कार्यक्रम



महेन्द्रनगर ।
भीमदत्त नगरपालिका वडा नं १० मा शनिबार सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका स्तरीय समुदाय प्रहरी साझेदारी नगर समितिको अगुवाईमा वडा नं। १० मा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम अन्र्तगत जिमुवास्थित वडा कार्यालयबाट कलपटे मन्दिरसम्म सफाई गरिएको छ ।

सररफाई कार्यक्रममा नगर स्तरीय समुदाय प्रहरी पालिका समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र सुशिला महर्जन, वडा नं। १० का अध्यक्ष वडा अध्यक्ष प्रमानन्द जोशी, वडा नं। ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सहभागी भएका छन् ।

भीमदत्त नगरलाई सफा स्वच्छ बनाउने लक्ष्यका साथ हरेक शनिबार साप्ताहिक रुपमा कार्यक्रम सञ्चालन हुँदै आएका छ । भीनपा वडा नं। ४ बजारबाट साप्ताहिक कार्यक्रम सुरु गरिएको छ । गत वर्ष भीमदत्त नगरपालिकाले साप्ताहिक घुम्ती कार्यक्रम नाम दिएर नगर क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको थियो ।

वडा अध्यक्ष जोशीले वडामा टोल समिति गठन गरिएको आगामी दिनमा सबै टोलमा अभियान सञ्चालन गरी सफा र स्वच्छ राखिने बताए । सरसफाई अभियानामा सहभागी सरसफाई अभियन्ताले सफा र स्वच्छ सहर बनाउन सरसफाई अभियानलाई निरन्तरता दिनु पर्ने सुझाव दिएका छन् ।

विश्वमा फोहरको समस्या भएका देशहले विकासको गति लिन नसकेकाले फोहर फाल्ने बानी सुधार गरी सबैले सभ्य नागरिक बन्नु पर्ने अभियन्ता मानवले बताए । अभियन्ताद्वय मानव र महर्जनले यस अघि २०७२ मा महेन्द्रनगर सरसफाई अभियान चलाएका थिए । उनीहरुले दोस्रो पटक महेन्द्रनगरमा सरसफाई अभियान सुरु गरेका हुन् । धुमपान निषेधका अभियन्ता हेल्प नेपालका अध्यक्ष मदन चन्दले फोहर फाल्ने सुधार भएर नगर सफा र स्वच्छ हुने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्