अपराध रोक्न नागरिकको साथ हुनु पर्छः डिआईजि शाह



सरिता चलाउने, सल्यान ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक महेश विक्रम शाहले नागरिकले प्रहरी माथि विश्वास गर्ने वातारण बनाउनु पर्ने भएका छन् । नागरिकले प्रहरी माथि विश्वास गर्ने वातारण नबनेसम्म समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण हुन नसक्ने उनको भनाई रहेको छ ।

शनिवार जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा नागरकहरुका सुझाबहरुको उत्तर दिदै डिआइजी शाहले समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्ररणका लागि नागरिक सचेत रहनु पर्ने बताए । उनले भने ‘अपराधिक क्रियालाप गर्ने अर्को कुनै क्षेत्रबाट नआई त्यही समाजबाट उत्पत्ति हुने भएकाले यस्ता अपराधिक गिरोह निमूर्लका लागि समाजनै अग्रसर हुनु पर्दछ ।’

प्रर्णाली प्रदेशका नागरिक शान्ति सुरक्षा प्रति कतिवद्ध भएका कारण अन्य प्रदेशको तुलनामा यस प्रदेशका अपराधिक घटना कम हुने गरेको बताएका छन् । लागुपदार्थ दुरबेसनि प्रदेशमा मौलाउन गएको भए पनि त्यसलाई नियन्त्रण गरिने उनको भनाई रहेको । साना स्कुले बालबालिका लागुपदार्थ दुरुवेशनिको शिकार हुने गरेको बताउदै डिआइजी शाहले अभिभावक र शिक्षकले महत्वपूर्ण भूमिका निभाउनु पर्छ ।

उनले भने ‘साना साना बालबालिहरु लागुपदार्थ सेवनमा लागेको देखिन्छ त्यसको नियन्त्ररणका लागि विद्यालयहरुमा लागु पदार्थ सम्बन्धि कक्षा र अभिभावक तथा शिक्षकले पहलकदमी लिनु पर्छ । आफ्नो छोरा छोरीहरुले के गरी रहेका छन त्यसको नियमित अनुगमन गरि रहनु पर्दैछ ।’

उहाँले अहिले जति पति घटना भएका छन त्यो सबै मदिराको कारणले भएकाले मदिराकै कारण समाजमा घरेलु हिंसा तथा अन्य हिंसा भई रहेकाले महिलाहरुले मदिरा नियन्त्ररणमा अघि सर्नु पर्ने बताए । उनले भने, पछिल्लो चरणमा धेरै जसतो घटना मदिराका कारण हुन पगेका छन, बिभिन्न महिला हिंसा भएका छन, यसमा जनप्रतिनिधी, नागरीक र मिडियाले जोड दिन आबश्यक छ , अपराध कम गर्न प्रहरी भन्दा पहिला नागरकको पहिलो हात हुनु पर्ने बताउनु भयो । नागरीकले प्रहरीलाई सहि सुचना दिएर सहयोग ग¥यो भने समाजमा अपराधिक घटना कम हुने प्रहरी नायव महानिरिक्षक शाहले बताउनु भयो ।

नागरीक सुनुवाई कार्यक्रममा सहभागीहरुले पछिल्लो समय जिल्लामा प्रहरीले राम्रो काम गरेको भएता पनि प्रहरीको एक सयमा फोन गर्दा खासै वास्ता नगरेकाले यस्लाई सुधार्नु पर्ने बताएका छन । उनिहरुले जिल्लामा प्रहरीले गरेको कामहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा यस्तै स्वच्छ, निष्पक्ष ढङले नागरीकहरुलाई सेवा दिन माग गरेका छन ।

कार्यक्रममा शारदा नगरपालीका सल्यानका प्रमुख शुरेस अधिकारी, उपप्रमुख साबित्रा बस्नेत, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, अन्य स्थानीय तहका जनप्रतिनिधीहरु, सरकारी तथा गैरसकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, संघसस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार, नागरीक लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले नागरीकहरुका मागलाई आफुले पुरा गर्दै जाने प्रतिबद्धता जानाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्