प्रेस युनियन प्युठानको अध्यक्षमा भण्डारी चयन



प्युठान ।
नेपाल प्रेस युनियन प्युठानको अधिबेशन सकिएको छ। शुक्रवार सम्पन्न अधिबेशनले श्रीराम भण्डारी अध्यक्ष रहेको नया कार्यसमिती चयन गरेको हो । नेपाल प्रेस युनियन जिल्ला शाखा प्युठानको सातौ जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत निर्वा्चित भएका हुन । भण्डारीको यो दोश्रो कार्यकाल हो ।

भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवनिर्वा्चित उपाध्यक्ष खुल्ला तर्फ मधुसुदन भण्डारी र समावेशी तर्फ जोगिन्द्र मल्ल चयन भएका छन् । कार्यसमितिको अन्य पदाधिकारीहरुमा सचिव सम्सेर विक्रम जिसी, सहसचिव स्मृति घर्तिमगर, कोषाध्यक्ष बासुदेव थापा रहेका छन् । प्रे

स युनियनको सदस्यहरुमा युवराज भण्डारी, थानेश्वर कालाथोकी,विष्णु न्यौपाने, शुसिला वुढामगर, पार्वती थापामगर निर्वा्चित भएको निर्वाचन मण्डलका निर्वाचन अधिकृत ईन्द्रमणी पोख्रेलले जानकारी दिए ।

अधिवेशनको प्रदेश प्रतिनिधिमा सि.टी पोख्रेल, गोविन्द्र पोख्रेल, रुकमान रोका क्षेत्री, रोमप्रसाद कालाथोकी, पारष भण्डारी, राजेश जिसी, रिसीराम पौडेल,भिम बहादुर जिसी , शशी सुवेदी , महिला तर्फ नर्मदा भट्ट, साधना पण्डीत, विन्दु परिवार रहेका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधिहरुमा मेघराज भट्ट, प्रमोद पोख्रेल, दिपक भण्डारी, सञ्जय रिजाल, भुवन सिंह रहेको युनियनका नवनिर्वा्चित अध्यक्ष श्रीराम भण्डारीले जानकारी दिए ।

सातौ अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले नेपालको लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा लोकतन्त्रबादी पत्रकारहरुले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

अधिवेशनका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली काग्रेसका नेता गोविन्द्रराज पोख्रेलले प्रेस विना लोकतन्त्र सबल नहुने भन्दै उनले प्रेसलाई सबल, सक्षम र निडरताका साथ जनताको पक्षमा कलम चलाउन आग्रह गरे । पछिल्लो समय सरकारका गतिविधि जनपक्षिय नभएको भन्दै यसतर्फ खबरदारीका लागि प्रेस जगत चनाखो हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाबीर रानाले पत्रकारहरुको जेठो संस्थाको रुपमा प्रेस युनियन रहेको बताए । उनले भने,–‘समाजमा सुशासन, जवाफदेहिता, पारदर्शिता, स्थापना , राज्यलाई जन्ताप्रति उत्तरदायित्व बनाउन प्रेस युनियनले पहलकदमी गनुपर्छ ।’ त्यस्तै सुवेच्छुक संगठनका अध्यक्षहरुले प्रेस युनियनसंग सबै संगठनहरु एकताका साथ अगाडी वढनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्