कांग्रेस जिल्ला सभापतिको बैठक स्वर्गद्धारीमा सम्पन्न



प्युठान ।
प्रदेश पाँच अन्तरगत नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको दोस्रो बैठक प्युठानको स्वर्गद्वारीमा सकिएको छ । यश अघि रुपन्देहिको लुम्विनीमा प्रदेश ५ स्तरीय वैठक बसेको थियो।

शुक्रवार सम्पन्न बैठकमा राष्ट्रिय राजनीति, महासमितिको बैठक, बिधान मस्यौदा संशोधन लगायतका बिषयबस्तुमा छलफल गरिएको नेपाली काँग्रेस प्युठानका सभापति अमर भण्डारीले जानकारी दिए ।प्रदेश स्तरमा पार्टीको संगठन वृद्धि गर्नका लागि यो बैठक ऐतिहासिक सावित हुने उनको भनाई छ। स्वर्गद्धारीको पर्यटन प्रवद्धन , स्वर्गद्धारी पदमार्ग, लगायतको प्रचार प्रसार गर्न उक्त स्थानमा गई छलफल गरेको भण्डारीले बताए ।।

राष्ट्रिय तथा प्रदेश राजनीतिमा पार्टीको सामुहिक धारणा बनाउन र महासमितिको बैठक तथा बिधान मस्यौदा संशोधनका सवालमा प्रदेश पाँचबाट एउटै सन्देश लैजाने गरी बैठक सकिएको सहभागी जिल्ला सभापतीहरुले जनाएका हुन ।

बैठकमा रुपन्देही र पूर्वी रुकुमका पार्टिका जिल्ला सभापती बाहेक प्रदेश ५ अनतर्गतका अन्य कङ्ग्रेस पार्टी सभापती सहभागी रहेको नेपाली कङ्ग्रेस प्युठानले बताएको हो।

प्रतिक्रिया दिनुहोस्