विश्रामपछि लिग आजबाट



काठमाडौं, (नेस)
लगभग १ महिनाको विश्रामपछि ए डिभिजन लिग आजबाट पुन सञ्चालित हुने भएको छ। पहिलो चरणको खेल सम्पन्न भएपछि दशैं र तिहारको दौरान लिगलाई स्थगित गरिएको थियो। आज दुई खेल हुँदै छ। सातदोबाटोस्थित एन्फा मैदानमा मनाङ मस्र्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच हुनेछ। त्यस्तै हल्चोकस्थित एपीएफको मैदानमा ललितपुरको च्यासल युथ क्लबको सामना त्रिभुवन आर्मी क्लबसँग हुनेछ।

मनाङले लिगको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पछि परे पनि ३–१ गोलअन्तरले हराएको थियो। त्यस्तै एनआरटीले पहिलो खेलमा आर्मीसँग अंक बाँड्नुपरेको थियो। करिब २–१ ले जित्नै लागेको खेलमा रेफ्रीले गलत निर्णय लिएपछि आर्मीले सो खेल २–२ बराबरीमा सकाएको थियो। रेफ्री सुदिस पाण्डेको गलत निर्णयविरुद्ध एनआरटीले एन्फामा पत्र बुझाएको छ। उनलाई कारबाही गर्ने वचन पाएकाले एनआरटीले लिग खेल्ने क्लबका अध्यक्ष दिपकहर्ष वज्राचार्यले बताए। वज्राचार्यले यसपटक जित्नैपर्ने भएको पनि बताए। उनले नेपाल समाचारपत्रलाई भने– ‘तीनजना विदेशी खेलाडी ल्याएका छौं। हामीले उनीहरूको उपस्थितिमा जित्ने अपेक्षा पनि गरेका छांै। यो खेल जित्नै पर्छ हामीले। नत्र त हामी पछि पर्नेछौं।’

यस्तै पहिलोपटक ए डिभिजन लिग खेलेको च्यासलले पनि जितकै लागि खेल्ने प्रशिक्षक राजुकाजी शाक्यले बताए। च्यासलले नवलपरासीमा राइनो कप जितेर आएको दुई दिनमै लिग खेल्नुपरे पनि जित्ने अपेक्षा गरेका छन् शाक्यले। राइनो कपमा च्यासलले पुलिसलाई फाइनलमा र हिमालयन शेर्पालाई सेमिफाइनलमा हराएर लिगमा आपूm पनि दावेदारी हुने प्रस्तुत गरेको छ।

च्यासल र आर्मीले पहिलो खेलमा बराबरी खेलेको हुँदा दुबै टोली जितकै लागि खेल्नेमा कुनै शंका छैन। आर्मीले पहिलो खेलमा खासै प्रभावित गर्न सकेको छैन। एनआरटीविरुद्ध बल्लतल्ल हार टार्न सफल आर्मीलाई च्यासलसँग कडा चुनौती हुनेछ। च्यासलमा नेपालका उत्कृष्ट स्ट्राइकर विमल घर्तीमगर छन्। त्यस्तै जापानबाट फर्केका सन्तोष साहुखलले पनि खेल्ने सम्भावना छ। साहुखल यसअघि लिगमा थ्रीस्टारबाट खेलेका थिए। उनलाई यसपटक थ्रीस्टारले चासो नदेखाए पनि अर्को ललितपुर क्लबले भियाएको छ।

प्रतिक्रिया दिनुहोस्