मन्दिरबारे अश्लील टिप्पणी गर्ने कारागारमा



नयाँदिल्ली, (एजेन्सी)
पाँचवटा व्यंगात्मक ट्विट गरेवापत् एकजना ४१ वर्षीय भारतीय पुरुषलाई झण्डै एक महिनादेखि कारागारमा थुनिएको छ। राजधानी दिल्ली निवासी प्रतिरक्षा विशेषज्ञ तथा करिब २० हजार फलोयर भएका अभिजित आइयर मित्रले गत सेप्टेम्बरमा भारतको पूर्वीराज्य ओडिको तेह«ौं शताब्दीको कोनार्क मन्दिर भ्रमणलाई लिएर आफैंले बनाएको भिडियोमा मन्दिरका बारे अश्लील टिप्पणीहरू गरेका थिए।

सो मन्दिरका कामोत्तेजक मुर्तिहरू बारे आफ्नो अश्लील टिप्पणी बारे व्यापक जनआक्रोश बढ्न थालेपछि उनले आफूले ठट्टा मात्र गरेको र ती मूर्तिहरू सुन्दर रहेको प्रतिक्रिया दिएका थिए। उनले अर्को ट्विटमा सो राज्यका वासिन्दा र अर्काे एक प्रसिद्ध मन्दिरको उपहास गरेका थिए।

दुईजना स्थानीय व्यक्तिले उनका ट्विटका कारण ऐतिहासिक मन्दिरहरू , मनोरम समुद्रीतट र स्वादिष्ट खाद्य परिकारका लागि निकै चर्चित ओडिसाका चार करोड जनताको भावनामा नराम्ररी ठेस पुगेको भन्दै प्रहरीसमक्ष उजुरी दर्ता गरेका थिए। अर्को रोचक पक्ष के हो भने उनका यस्ता ट्विटमाथि सार्वजनिक रूपमा भने आक्रोश पोखेको देखिँदैन।

उनका ती आपत्तिजनक ट्विटमा केवल सात लाइक र एक रिट्विट भएको देखिन्छ। तर उनीविरुद्ध यसका लागि विभिन्न अपराधिक अभियोगहरू लगाइएका छन्। उनीविरुद्ध पूजाअर्चना गर्ने स्थानमा धर्म र जातीयताको आधारमा समूहबीच वैमनश्यता उत्पन्न गर्न खोजेको, धार्मिक भावनाको अपमान गरेको र सार्वजनिक समस्या निम्ताउन खोजेको जस्ता अभियोग लगाइएका छन्।
उनीविरुद्ध विवादास्पद औपनिवेशिककालीन कानुनअनुसारको अपमानका ेअभियोग पनि लगाइएको छ। तीमध्ये दुईवटा अभियोग जमानत हुन नसक्ने खालका छन् भने दोषी करार भएको खण्डमा उनलाई पाँच वर्ष कारावास सजाय हुन सक्दछ।

प्रतिक्रिया दिनुहोस्