आफ्नै ट्याक्टरले किचेर लोकगायकको निधन



चिरञ्जीवी मास्के, दोलखा

दोलखाको बिगु गाउँपालिका–३ बुलुङमा आफ्नै ट्याक्टरले किचेर लोकगायक अमृत तामाङ योञ्जनको निधन भएको छ।

शुक्रबार बिहान ९ः१० बजे बुलुङको भिमुनीमा ढुङ्गा लोड गरी ब्याक गर्ने क्रममा लु३त ९७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसका साहुसमेत रहेका लोकगायक ४४ वर्षीय योञ्जनको घट्नास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। ट्याक्टर सडकबाट करिब ३२ फिट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक मल्लले बताए। मृतक योञ्जन नेपाली कांग्रेसको स्थानीय नेतासमेत रहेको नेपाली कांग्रेस दोलखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्