बुनुको दामी दामी भिडियो



करिब तीन दर्जन आधुनिक, लोकदोहारी, राष्ट्रियभावको तथा पपगीत गायिसकेकी गायिका बुनु उप्रेती शर्माले आफ्नो नयाँ गीत दामी दामी दामी सार्वजनिक गरेकी छिन्। बुनुले बिहीबार सो गीतको भिडियो युट्युबबाट सार्वजनिक गरेकी हुन्।

विलक्षण क्रियसनले निर्माण गरेको उनको गीतको भिडियोमा बुनु र यसका संगीतकार बाबुल गिरीले अभिनय गरेका छन्। भिडियो राजु केसीले छायांकन गरेका छन् भने प्रदीप कँडेलले सम्पादन गरेका छन्। भिडियोमा संगीतकार बाबुल र्यापरका रूपमा प्रस्तुत भएका छन्।

निकै रोमाञ्चकारी यो गीतमा गालामा डिम्पल परेकी युवतीलाई पिम्पल आउँदा युवाले आँखा लागाएर हैरान पर्ने गरेको प्रसँग उल्लेख गरिएको छ भने वैंशको चर्चा पनि गरिएको छ। बाबुल गिरीको संगीत र र्याप रहेको गीतको रचना दिनेश सुवेदीले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्