चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको बिगु गाँउपालिका वडा नम्बर ३ बुलुङमा आफ्नै ट्याक्टरले किचेर लोक गायक अमृत तमाङ योञ्जनको मृत्यु भएको छ ।
शुक्रवार विहान ९ः१० बजे बुलुङको भीमुनी भन्ने ठाँउमा ढुङ्गा लोड गरी ब्याक गर्ने क्रममा लु ३ त ९७२३ नम्बरको ट्याक्टर दुर्घटना हुदा ट्याक्ट साहु समेत रहेका लोक गायक ४४ बर्षिय योञ्जनको घट्ना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । ट्याक्टर सडकबाट करिब ३२ फिट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि भै रहेको प्रहरी निरीक्षक मल्लले बताए । मृतक योञ्जन नेपाली कांग्रेसको स्थानिय नेता समेत रहेको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।