इन्सेकको टोलिद्धारा मानव अधिकार अनुगमन



कालीवहादुर मल्ल, कालिकोट ।
मानवअधिकारवादी सस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको टोलिले कालिकोट जिल्लाको मानवअधिकार अवस्थाका वारेमा स्थलगत अनुगमन गरेको छ ।
 इन्सेक केन्द्रीय कार्यालय काठमाण्डौका मदन पौडेल,इन्सेक कर्णाली प्रदेशका संयोजक नरायण सुवेदी,सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापा लगाएतको टोलिले  शुक्रबार जिल्लाको समग्र मानव अधिकार वारे अनुगमन गरेको हो ।
अनुगमनका टोलिले क्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,नेपाली सेनाका प्रमुख र स्थानीय पत्रकारहरुसँग भेटघाट गरेर महिला हिंसा,जतीय विभेद,शिक्षा,स्वास्थ्य,खाद्य अधिकारको अवस्थाका वारेमा जानकारी लिएको छ । साथै टोलिले जिल्ला प्रहरी कार्यालय स्थित हिरासतको समेत अनुगमन गरेर बन्दिहरुसँग भेटघाट गरेको छ ।
भेटका क्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्की र प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माले महिला हिंसाका,यौन दव्र्यवाहारका घटनाहरु वढ्दै गएकाले मानवअधिकार अवस्था नाजुक रहेको वताए । साथै उनिहरुले तिन महिनामा  महिलामाथी हुने हिंसाका आठ वटा घटनाहरु गम्भीर खालका भएको वताए ।
इन्सेकले मानवअधिकारको वकालत गर्नुका साथै नेपाल मानवअधिकार वर्ष पुस्तक लगाएत मानवअधिकार सम्वन्धि दस्तावेज प्रकाशन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्