बन्द रहेको डोटीको शैलेस्वरी अस्पताल खुल्यो



विमल बिष्ट, डोटी ।
तिन दिन देखी बन्द रहेको डोटीको दिपायल स्थित पिपल्लाबजारमा रहेको शैलेस्वरी अस्पताल आज शुक्रबार बाट सञ्चालन भएको छ । सो अस्पतालका निर्देशक आईजंग कुँवरका ८ बर्षिया एकमात्र छोरा ईशान कुँवरको गएको मंगलबार २७ गते आफनै अस्पातलको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा ज्यान गएपछि उक्त अस्पताल बन्द भएको थियो ।

अस्पताल पुःन सुचारु भए संगै स्वर्गिय ईशान कुँवरको स्कृतीमा अस्पतालले प्रतेक सेवामा १० प्रतिसत छुट दिने ब्यबस्था मिलाईएको निर्देशक आईजंग कुँवरले बताउनु भयो । ‘मेरो छोराको स्मृतीमा हामीले अस्पताल बाट दिईने प्रतेक सेवामा १० प्रतिसत शुल्क छुट दिएका छौ, उहाँले भन्नु भयो ‘मैले छोरो गुमाएपनि जनताले घरैमा पाउने सेवा बाट बन्चित नहोउन भनेर अस्पताल पुःन सुचारु गरेका छौ ।’

अस्पतालले आफनो सेवा पुःन सुचारु गरेपछि अहिले अस्पतालमा बिरामीहरु आउने क्रम बढेको अस्पतालका डाक्टर निशान ढकालले बताउनु भयो । उहाँले भन्नु भयो ‘ईशानको सोकमा हामीले केही दिन अस्पताल बन्द ग¥यौ,बिरामीको मर्का ध्यानमा राखेर अस्पताल सुचारु गरेका छौ,बिमारी पनि आउन थालि सके ।’

अस्पताल बन्द भएपछि यहाँका बिरामीहरुलाई उपचार गर्न निकै समस्या भएको थियो । सामान्य बिरामी पनि उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले उक्त अस्पतालमा दुई जना डाक्टरहरु डाक्टर निशान ढकाल तथा डाक्टर राजेश बाहुँनले बिरामीलाई चेक जाँच गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्