पत्याउन नसकिने नाटक



कुकुरले आची खादैन र प्रहरीले घुस खादैन भन्ने कुरा कसैले पत्याउदैन । यो संसार भरका प्रहरीमा लागू हुने कुरा हो । तर कहिलेकाही भने यो उल्टो हुने गरेको समाचार बाहिर आउने गरेको छ । आजकल प्रहरीलाई सरकारले दिएको रासन पानीले पुगेको हो की फुर्ती देखाउन हो घुस वापत दिएको रकम नलिएर सार्वजनिक गरेको खवरले धरहरा छक्क परेको छ ।

नेपालका प्रहरी १० रुपिया पाएपनि घुस खाने जात हुन तर १ हजार घुस दिनेलाई पक्राउ गरी कारवाही गरेको समाचार सार्वजनिक भएपछि प्रहरी भित्रका किरा हटेका हुन कि भन्ने दोमनमा यो बुढो धरहरा पुगेको छ । सबै प्रहरी यस्तै भइदिए हुने हो बानेश्वरमा १ हजार घुस नखाने ती प्रहरीका मित्रले यस अघि कोही कसैसंग घुस खाएका थिए की थिएनन भन्ने जिज्ञासा धरहराको हो । हिजो टन्न घुस खाएका प्रहरी भए तीनको त्यो नाटकलाई के भन्ने हैन भने यो उनको नमुना काम हो । होईन धरहरा यो कुरा पत्यादैन ।

आफुलाई सर्बज्ञानी, कुन्नी के के भन्ने रमेश खरेलले त श्रीमतीको नाममा घुस खाएर बद्नाम भएको प्रहरी संगठन घुस दिनेलाई पक्राउ गर्ने प्रहरीको त्यो नाटक देखेर धरहराले पत्याएको भए त मरी जाउं है ???? आगे तपाईको मर्जी पाठक बृन्द ??

प्रतिक्रिया दिनुहोस्