महिला फुटबल टोली फर्कियो



काठमाडौं, (नेस)
नेपाली महिला राष्ट्रिय फुटबल टोली म्यानमारमा ठूलो उपलब्धि हासिल गरेर बिहीबार नेपाल फर्केको छ । सन् २०२० मा जापानमा हुने ओलम्पिकअन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोट प्रतियोगितामा खेल्दै नेपाली टोली हिजो फर्केको हो ।

नेपालले म्यानमार, भारत र बंगलादेसविरुद्ध समान १–१ गोल बराबरी खेले पनि उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणको छनोट प्रतियोगितामा पुगेको हो । यो समूहबाट आयोजक टोली म्यानमार पहिलो र भारत दोस्रो भएका छन् ।

प्रतिक्रिया दिनुहोस्