प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिवको शिष्टाचार भेट



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन) का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका थिए । उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आएका हुन ।

प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

“राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिने क्रममा पनि यस विषयमा संयुक्त राष्ट्र सङ्घका महासचिवसँग विस्तृतमा कुराकानी भएको छ”, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने । उपमहासचिव मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपाल सरकारको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेकोसमेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्