अमेरिका: नयाँ ग्रह



नासा (एजेन्सी)
हालै मात्र खगोलशास्त्रीहरुले पृथ्वी भन्दा तीन गुणा ठुलो चट्टानयुक्त ‘सुपर अर्थ‘ ग्रह पत्ता लगाएका छन् । उक्त ग्रह पृथ्वीबाट ६ प्रकाश बर्ष दुरीमा रहेको बताइएको छ ।

अहिलेसम्म पत्ता लागेका ग्रहहरुमध्य यो नयाँ ग्रह तुलनात्मक रुपमा पृथ्वीबाट कम दुरीमा रहेकोले यसको अध्ययनका लागि वैज्ञानिकहरु उत्साहित छन् । नेचरमा प्रकासित नयाँ सोधपत्रमा एउटा रातो बामन तारा बर्नाड नजिकै उक्त ग्रह रहेको उल्लेख गरिएको छ । उक्त ग्रहले हरेक २ सय ३३ दिनमा उक्त तारालाई परिक्रमा गर्छ । विभिन्न स्थानबाट गरिएको निरिक्षणबाट प्राप्त आंकडाले उक्त ग्रहले परिक्रमा गरिरहेको मधुरो तारा पृथ्वी जत्रो मात्र भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्