धेरै कोदो फलाउने कृषकलाई नगद पुरस्कार



सिर्जना पन्त, बागलुङ
बागलु्ङ जिल्लाको ढोरपाटन नगरपालिकाले धेरै कोदो फलाउने कृषकहरुलाई नगद पुरस्कारको व्यवस्था गरेको छ । पुरस्कारको लागि १५ लाख रुपैयाँ वजेट समेत विनियोजन गरेको नगरपालिकाले जनाएको छ । कोदोका परिकारहरुको माग बढिरहेको सममा उत्पादनमा कमी आउन थालेपछि पहाडको महत्वपूर्ण खाद्य वालीको रुपमा मानिदै आएको कोदोको उत्पादन वृद्धि होस पुरस्कारको व्यवस्था गरेको नगरपालिकाले बताएको बताएको छ ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटनमा कोदो उत्पादन राम्रो हुने भएपनि किसानको आर्कषण भनएको कारण कोदो प्रति आर्कषण बढाउन पुरस्कारको व्यवस्था गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ । जिल्लामै धेरै कोदो उत्पादन हुने यस ठाउँमा कोदोलाई व्यवसायीक खेती समेत बनाउने नगरको योजना रहेको छ । कोदोको ढिडो तथा रोटी ठूला होटलको प्रमुख आर्कषण भएसंगै यसको माग बढ्न थाले पछी नगरपालिकाले किसानलाई कोदोको उत्पादनमा वृद्धि गर्न आग्रह समेत गरेको छ ।

किसानहरु कोदो वाली नलगाएर नगदेवाली तर्फ आर्कषण हुनाले कोदोको उत्पादन क्रमश घट्दै गएको छ । चिसो ठाउँमा आलु प्रयाप्त फल्ने हुनाले कोदो छोडेर आलु खेती गर्दे आएका कारण कोदो उत्पादन घटेको भन्दै नगरपालिकाले नगरसभावाट वजेट विनियोजन गर्दे कोदो उत्पादन बढाउन थालेको हो ।

‘हामिले वडा संग समन्वय गरेर कोदो उत्पादनको तथ्याङ्क लिन्छौ र तथ्याङ्कका आधारमा बढी कोदो उत्पादन गर्ने किसानहरुलाई पुरस्कार दिन्छौं’ प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोख्रेलले भन्नुभयो ‘किसानले पाखो बारी बाझै छोड्ना थालेपछि नगरले पुरस्कारको व्यवस्था गरेको हो ।’ नगरसभाले आर्थिक वर्ष ०७५÷७६ मा कोदो उत्पादनको सर्वेक्षण, अनुगमन तथा पुरस्कारका लागि १५ लाख बजेट विनियोजन गरेको ढोरपाटन नगरपालिकाले जनाएको छ । कोदो उत्पादनका आधारमा पुरस्कार पाउने भएपछि यहाँका किसान निकै उत्साहीत भएका छन् । कोदोलाई लामो समय सम्म स्टोर गर्न मिल्ने, रोग प्रकोपको समस्या कम हुने भएकाले कोदोलाई प्रबद्धन गर्न लागेको पोख्रेलको भनाइरहेको छ ।

कोदो उत्पादन गर्नेलाई पुरस्कार दिने व्यवस्था गरेपछि किसानले बाझो छोडेको जमिनमा समेत कोदो फलाउने र कोदो उत्पादनमा दोब्बरले वृद्धि गर्ने नगरपालिकाको योजना रहेको छ । नगरपालिकाले कोदो उत्पादन बढाउन क्रमश बजेट बढाउदै लैजाने र केही वर्षमा नगरलाई नेपालमै अत्याधिक कोदो उत्पादन हुने क्षेत्रका रुपमा चिनाउने नगरपालिकाका मेयर देव कुमार नेपालीले बताउनुभयो ।

अहिले देशका तारे होटलका मेन्युमा कोदोका परिकार मुख्य हुने र कोदोको अत्याधिक माग भएपनि आवश्यकता अनुसार उत्पादन हुन नसकेको भन्दै नगरपालिकाले यस्तो योजना अगाडी सारेको मेयर नेपालीको भनाई छ । ‘किसानको नगदेवाली तर्फ आर्कषण छ’ मेयर नेपालीले भन्नुभयो ‘दीर्घकालिन रुपमा कोदोले कृषकलाई राम्रो फाइदा दिन सक्ने हामिले आकलन गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्