समुदाय–प्रहरी साझेदारीका लागि समिति



मोतीराम तिमल्सिना, काभ्रे
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरुले नगर तथा गाउँपालिका र वडा स्तर तथा विद्यालय तहमा समेत समुदाय प्रहरी साझेदारीका लागि समिति गठन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले समुदाय प्रहरी साझेदारीको अवधारणाका बारेमा जानकारी गराउँदै जिल्लाका १३ वटै स्थानीय तह र १ सय ३५ वडा तथा विद्यालय तहमा समुदाय प्रहरी साझेदारी समिति गठन भईरहेको बताए । ‘विहिबार दिउसोसम्म जिल्लाका ७ वटा स्थानीय तह र झण्डै ५० वटा वडाहरुमा समिति गठन भईसकेको छ’–एसपी रविराज खड्काले भने–‘केहि स्थानमा गठन भए पनि प्रतिवेदन प्राप्त भईसकेको छैन ।’ सदरमुकाम धुलिखेल, पनौती, बनेपा, मण्डनदेउपुर, नमोबुद्ध, पाँचखाल, बेथाञ्चोक गाउँपालिकामा पालिका स्तर, वडा र विद्यालय तहमा समेत धमाधम समिति गठन भईरहेको छ ।

धुलिखेलमा बसेको जिल्ला समितिको बैठकले नगर प्रमुख अशोक ब्याञ्जुका संयोजकत्वमा उपप्रमुख विमला शर्मा सह संयोजक रहेकी छिन् । सह संयोजक जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक परशुराम घिमीरे, वडा अध्यक्ष रोमीप्रसाद श्रेष्ठ, सदस्य सचिव प्रनानी राजकुमारी प्यासी श्रेष्ठ, सदस्यहरुमा सन्दिप केसी, सुरज श्रेष्ठ र रामेश्वर घिनाङ्गजु श्रेष्ठ रहेका छन् ।

जिल्ला स्तरीय समितिको बैठकको अध्यक्षता नगर प्रमुख अशोक ब्याञ्जुले गरेका थिए । सल्लाहकार जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, सल्लाहकार धुलिखेल नगरपालिका प्रमसख अशोक ब्याञ्जु, संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, सह संयोजक जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रविराज खड्का, सदस्यहरु नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, हरिश्चद्र श्रेष्ठ, रामेश्वर घिनाङ्ग श्रेष्ठ रहेका छन् भने सदस्य सचिवमा प्रहरी निरिक्षक परशुराम घिमीरे रहेका छन् ।

नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालय तहसम्म यसको सञ्जाल विस्तार गरिनेछ । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा ब्यवस्थापनमा जनसहयोग अभिबृद्धी गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिबृद्धी गर्न नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरु, विद्यमान सामुदायिक प्रहरी सेवा केन्द्रहरु, विभिन्न क्षेत्रका ग्रैह् राजनीतिक सामुदायिक र सामाजिक संघ संस्थाहरु, महिला बालबालिका र युवा सम्वन्धी संघ संस्थाहरु, माध्यमिक तह कक्षा १२ सम्मका विद्यालयहरु र शिक्षा सम्वन्धी संघ संस्थाहरुसँग साझेदारी गर्दै प्रहरीले अपराध रोकथाम र विकासमा सहयोग पु¥याउने छ ।

प्रहरी स्थानीय तह समुदाय सामाजिक संघ संस्था विद्यालय बीच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्न, दीगो र दिर्घकालिन साझेदारीको संयन्त्र निर्माण गर्न, विद्यमान परिस्थिती र भावी कार्य दिशाका सम्बोधन गर्न, विकास र सुरक्षा बीचका अन्तर निर्भरतालाई एकीकृत रुपमा आत्मसात गर्न, सुरक्षा सचेतना अभिबृद्धी गर्ने संरचनागत प्रणालीको विकास गर्न, स्थानीय तहको सेवा प्रवाहमा सुरक्षाको प्रभावकारी समन्वय कायम गर्न यो कार्यक्रम ल्याईएको हो ।

जिल्ला स्तरका सामुदायिक कार्यक्रमहरुको योजना, समन्वय, संचालन, अनुगमन तथा मुल्याकंन गर्न जिल्ला समन्वय समिति काभ्रेका प्रमुख र जिल्ला स्थित सदरमुका स्थित पालिकाका प्रमुख सल्लाहकार रहनेछन् । समुदाय प्रहरी पालिकामा पालिका प्रमुख संयोजक रहनेछन । उपप्रमुख वा उपाध्यक्ष सह संयोजक रहनेछन् । जिल्ला प्रहरी प्रमुखले तोकेको सिनियर अधिकृत सह संयोजक, वडा अध्यक्ष एक जना र स्थानीय प्रहरी इकाई प्रमुख सदस्य सचिव रहनेछन् । पालिकास्तरका सबै संघ संस्था समितिको सदस्य रहनेछन् ।

समितिहरुले जिल्ला स्तरीय कार्यक्रम, मासिक बैठक, सामुदायिक सचेतना कार्यक्रम, समुदायको सुरक्षामा स्थानीयको भूमिका, सुरक्षाका साधनहरु सडक बत्ति, सुरक्षागार्ड, सिसिटीभी, सेक्युरिटी साईरन जडान गर्ने, मेला, पर्वमा सुचना तथा समन्वय केन्द्र संचालन गरी समन्वय गर्ने, दुर्घटना तथा प्रकोप उद्धारमा एकीकृत स्वयंसेवक परिचालन ब्यवस्थापन गर्ने लगायतका कार्यहरु हुनेछन् ।

एकीकृत स्वयंसेवक परिचालन, स्वयंसेवक परिचालन, सामुदायिक सेवाको प्रमाणपत्र, फरार अपराधी पक्राउमा समुदायको रचनात्मक सहयोग, सुचना आदान प्रदान, तथ्याङ्क संकलन÷आवधीक, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामुदायिक कार्यक्रमका प्राथमिकता, सामुदायिक कार्यक्रमका गतिविधिहरु, विद्यालय केन्द्रित कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम पाठ्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम गतिविधि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्