चुनौती बन्दै सडक सुरक्षा



सडक सुरक्षा दिन–प्रतिदिन चुनौतीको विषय बन्दै छ । दुर्घटनामा चालकको कमजोरी जति छ, त्यसभन्दा बढी नियमनकारी निकायको देखिन्छ । न कसैले जिम्मेवारी लिनुपर्ने, न कुनै कारबाही हुने । मनपरी छाडिएका बिजुलीका तार, खाल्डा तथा ग्राभेलका लागि थुपारिएका सामग्रीले सर्वसाधारणको ज्यान लिएकै छ भने माध्यम बनेको छ सवारीसाधन ।

यति हुँदाहँुदै पनि सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाएन । बरु ट्राफिकका संकेत नै सडकमा यत्रतत्र उल्टोपाल्टो भेटिन्छन् । गजबको कुरा, स्थानीय तहले गर्नुपर्ने कर्तव्यसमेत गरेको पाइएन । आफूले निर्माण र मर्मतको जिम्मा लिएका सडकलाई व्यवस्थित गर्न दिन–दशा हेराउनुपर्छ !
– पदम कार्की, पुल्चोक, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्