प्रअको तलब कटाएर शिक्षक



बारा (नेस)
विद्यालयका प्रधानाध्यापकहरुले रकम हिनामिना गरेपछि समयमै तलब भत्ता खान नपाएर शिक्षक कर्मचारी पिडित बन्नु परेको खबर नौलो होइन । बारा जिल्लाका केही विद्यालयमा प्रअहरुले आफना शिक्षक÷कर्मचारीको संचयकोष कट्टी रकम समेत हिनामिना गर्दैै आएको खबर सार्वजनिक भइरहेका छन । तर यहाक्र्र्र्र्र्र्र्र्र्र्र्र्रो करैयामाई गाउँपालिका ८ औनियास्थित देवनारायण गनिया आधारभुत विद्यालयकी प्रधानाध्यापिका बबिता चौधरीले भने आफुले पाउने रकमबाट एक शिक्षकको तलब बेहोर्दैै आएकी छिन ।

जिल्ला शिक्षा समन्वय समितिले शिक्षक उपलव्ध नगराएपछि प्रअ चौधरीले स्थानीय प्रमोद साहलाई मासिक ५ हजार ५ सय रुपैया तलब पाउने गरी निजी स्रोतको शिक्षकको रुपमा गत बैशाख महिनादेखि विद्यालयमा नियुक्त गरेकी हुन ।

‘विद्यार्थी धेरै, शिक्षक छैनन, बबिताले भनिन, नियमित पठनपाठनको लागि आफनै तलब कटाएर शिक्षक व्यवस्था गर्नु परेको छ ।’ जिल्ला शिक्षा समन्वय समिति र गाउँपालिका कार्यालयले पनि शिक्षक दरबन्दी उपलब्ध गराउन चासो नदेखाएको उनको गुनासो छ । कक्षा ५ सम्मका १६० बालबालिका अध्ययनरत विद्यालयमा चौधरी दरबन्दीकी एक मात्र शिक्षक हुन, त्यो पनि राहत कोटामा ।

विद्यालयमा कार्यरत बाल विकास कक्षा सहयोगी कार्यकर्ता २ र १ जना कार्यालय सहयोगीले पनि कक्षा लिदै आएका छन । ‘जम्मा ४ जना मात्र थियौं, प्रअ चौधरीले भनिन, पढाउन गाहे भएपछि व्यवस्थजापन समितिको सहमतिमा शिक्षक प्र्रमोदलाइ्र्र एक बर्षको लागि नियुक्त गरियो ।’

गुणस्तरीय शिक्षाको लागि विद्यालयमा अग्रेजी माध्यमको पठनपाठन पनि संचालनमा ल्याइएको उनले जानकारी दिइन । आफनै गाउँका बालबालिका अध्ययन गर्ने आफुहरुले नै स्थापना गरेको विद्यालय भएकाले कम तलबमा भएपनि शिक्षकहरुले खुसीराजीका साथ अध्यापन गर्दै आएको उनी बताउछिन । प्रअ चौधरीका ससुरा किशोर प्रसाद र काका ससुरा महेन्दले साढे सात कठ्ठा निजी जमिन दान गरेपछि ०६३ सालमा विद्यालय स्थापना भएको थियो । प्लान नेपाल र शिक्षा कार्यालयको सहयोगमा दुई पक्की भवन र २ सेड निर्माण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र चौधरी शिक्षक दरबन्दी उपलब्ध गराउन शिक्षा समन्वय समितिले चासो नदेखाएकोले पठनपाठनमा समस्या आएको बताउछन । ‘पटकपटक धाइयो, अध्यक्ष चौधरीले भने, वास्तै गरेनन, अब त शिक्षाका कर्मचारीले दरबन्दी माग्न गाउँपालिका जानुहोस पो भन्न थालेका छन ।’

करैयामाइ्र्र गाउँपालिका अध्यक्ष भुनेश्वर चौधरी देवनारायण गनियामा जस्तै गाउँपालिकाका अधिकांश विद्यालयमा दरबन्दी कमी रहेको बताउछन । ‘एक दुई ठाउँमा मात्र पठाउन मिलेन, एकचोटी त्यति धेरै नियुक्ति गर्न स्रोत छैन ।’ स्रोत व्यवस्था गरेर शिक्षक कम भएका विद्यालयमा दरबन्दी थप्ने योजना रहेको गापा अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्