घुस खाने डिएसपी तारेखमा रिहा



काठमाडौं (नेस) । भ्रष्टाचारको अभियोगमा रंगेहात पक्राउ परेका नेपाल प्रहरीका एक डिएसपीलाई बिषेश अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धमा कार्यरत डिएसपी श्यामकुमार राईले बालुवा ब्यवसायीसंग १ लाख ४० हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरी कारवाहीको लागि बिषेश अदालतमा बझाएकोमा सो अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
सो अदालतले बिहीबार घुस वापत लिएको रकम बराबरको धरौटी रकम मागेर तारेखमा छाड्ने आदेश दिएको हो ।

डिएसपी राईलाई अख्तियारले गत असोज २० गते मध्यरातमा उक्त रकम सहित पक्राउ गरेको थियो ।
बिषेश अदालतका न्यायाधीश रत्नबहादुर बागचन, द्धारिकामान जोशी र

प्रतिक्रिया दिनुहोस्