क्रिकेटर सन्दीप दिल्ली डेयरडेभिल्सबाट खेल्ने



काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् ।

गत सिजनमा दिल्लीबाट खेल्दै आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटरको इतिहास बनाएका सन्दिपलाई आगामी मार्च २३ बाट सुरु हुने १२ औं सिजनको आइपिएलका लागि पनि दिल्लीले रिटेन गर्ने भएको हो ।

दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ । नयाँ खेलाडीको रुपमा शिखर धवनलाई ५ करोड २० लाख भारुमा भित्र्याएको छ।  सन्दीप गत सिजनमा ३२ लाख रुपैयाँमा दिल्लीमा आबद्ध भएका थिए।

प्रतिक्रिया दिनुहोस्