काँग्रेस पर्साका सभापति स्वनिलम्बित



कृष्णउदास खनाल, वीरगन्ज ।
नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदीले गत निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयको सबैले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै आफ्नो तर्फबाट आत्मालोचना गरी एकताका लागि स्वनिलम्बनको घोषणा गरेका छन् ।

उनको यो घोषणापछि आगामी आइतबारदेखि एकसाता सम्मका लागि वीरगन्ज महानगरपालिकाका उपप्रमुख समेत रहेकी कांगेस नेतृ शान्ति कार्र्कीले पर्सा कांग्रेसको कार्यबाहक सभापतिको जिम्मा संम्हाल्नेछिन् ।

पर्सामा बिहीबार आयोजित एक कार्यक्रममा सभापति द्धिबेदीले गत चुनाबमा कांग्रेसको हारको नैतिक जिम्मेवारी सबैले लिनुपर्ने बताए। उनले हरेकले आफूबाट भएको गल्तीप्रति आत्मालोचना गर्दै आगामी दिनमा पार्टीलाई एकढिक्का बनाउने गरी काम गर्नुपर्ने उल्लेख गरे।

सभापति द्धिबेदीले गरेको स्वनिलम्बनको घोषणालाई पर्सा कांग्रेसका नेताहरुले स्वागत गरेका छन्। कांग्रेस नेता पूर्ब सांसद अनिल रुङ्गटाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। उनले सबैले आ–आफ्नो क्षेत्रबाट यसैगरी नैतिकताको जिम्मेवारी लिएर पार्टी सुदृढीकरणमा लाग्नुपर्ने उल्लेख गरे। अर्का नेता एवं पूर्ब साँसद राजेन्द्रबहादुर अमात्यले असल कामको शुरुवात भएको प्रतिकृया दिए।

प्रतिक्रिया दिनुहोस्