कञ्चनपुरको हुलाकी राजमार्ग युद्धस्तरमा निर्माण गर्न खानेपानी मन्त्रीको निर्देशन



मनोज भट्ट, महेन्द्रनगर ।
खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग आयोजनाको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । बिहीबार निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना छनौटका लागि गृहजिल्ला आएको बेला महेन्द्रनगरमा हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई सडकको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको हो ।

मन्त्री मगरले भन्नुभयो, ‘हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएको जनगुनानो बढ्दै भएको छ, सडक निर्माण युद्धस्तरमा गर्नुहोस ।’ मन्त्री मगरले आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई बोलाएर सम्झौता अनुसार नियमित ढङगबाट निर्माण गर्न समेत निर्देशन दिईन् । काममा कुनैपनि लार्पबाही नगर्न समेत आग्रह गरिन् ।

बषौँ बषौँ जनताले हिउँदमा धुलाम्मे र बर्षातमा हिम्लाम्मे हुने अवस्था कहिलेसम्म भोक्ने भन्दै मन्त्री मगरले सम्बन्धीत निकायले जनताको पिरमर्का समेत बुझ्नुपर्नेमा ध्यान केन्द्रीत गरिन् । ‘जनताको चाहना अनुुसार सडकको काम गर्नुहोस, ‘मन्त्री मगरले भनिन, ‘सडक निर्माणमा गुणस्तरियताका कमि नगर्नुहोला ।’ अहिले कहाँबाट कहाँसम्म कालोपत्रे गर्ने, कहाँबाट माटो, ग्राभिलिङ्ग फिलिङ्ग गर्ने भन्ने विषयमा निर्माण कम्पनीले सोही ढङगले काम अघि बढाउनुपर्ने मन्त्री मगरको सुझाव थियो ।

हुलाकी सडक निर्माणको जिम्मा पाएको राजेन्द्र जेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण ढिलासुस्ती भएको बताउदै उनले केही निर्माण कम्पनीका तर्फबाट समेत ढिलाई भएको स्र्वीकार गर्नुभयो । उनले दैजी र पुर्नवासमा चार चार किलोमिटर कालोपत्रे गर्ने बताउदै निकुञ्जमा माटो भरान हुँदै बेस निर्माण भईरहेको बताए । हुलाकी राजमार्ग आयोजका ईन्जिनियर पदम बहादुर मडैले आयोजनामा जनशक्ति अभावका कारण ढिलासुस्ती भएको बताउदै उनले कार्यालय प्रमुख नै बिहिन रहेको गुनासो पोखे ।

डिभिजन सडक कार्यालय कञ्चनपुरका ईन्जिनियर खगेन्द्र शाहीले हुलाकी राजमार्ग आयोजना र बेलौरी कलुवापुर सडकको काम बारे मन्त्रीलाई जानकारी गराएका थिए । नेकपा कञ्चनपुरका नेता पल्लवराज भट्टले काम नगर्ने नियतले हुलाकी र बेलौरी कलुवापुर निर्माणले गति नपाएको बताए । ‘माटो फिलिङ्ग र ग्राभिलिङ्गमा ठेकेदारलाई फाईदा हुन्छ, ‘उनले भने, ‘कालोपत्रेमा फाईदा नहुने भएकाले ठेक्का लम्ब्याउन खोजेको छन् ।’ छिट्टै कालोपत्रेका काम गर्न समेत उनले आग्रह गरे ।

नेकपाका युवा नेता अक्कल विष्टले हुलाकी राजमार्गको दैजी–बेलडाँडी सडकखण्डमा ढिलासुस्ती भईरहेको बताउदै जंगलमा तिव्रतर रुपमा काम गर्नुपर्ने बताए । छलफलमा बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापा, बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी र पुर्नवास नगरका प्रमुख जिवनराज थापाले सडक निर्माणमा सम्बन्धीत निकायबाट चरम लार्पबाही भएका कारण काममा ढिलासुस्ती भएको बताएका थिए । दुत गतिका काम गर्न समेत उनीहरुले आग्रह गरेका थिए ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको दैजी देखि बेल्डाँडी –बेलौरी–पुनर्वास –डोकेबजार हुँदै कैलाली सदरमुकाम धनगढी जोेड्ने ६२ किलोमिटर कच्ची सडक कालोपत्रेका लागि बाबाहंस र शर्माजेभी निर्माण कम्पनीले सडक कालोपत्रेका लागि ३० महिनाको अवधिमा निर्माणको जिम्मा पाएका थिए । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गरिने छ । ३० महिनामा कालोपत्रे गर्ने जिम्मा पाएको झण्डै २० महिना सकिएको छ । पुरै सडकको फाउण्टेशन समेत भएको छैन् ।

काम गर्न १० महिना मात्रै बाँकी हुँदा समेत निर्माण कम्पनीले ढिलासुस्ती गर्दा फेरीपनि दक्षिणी जनताले यातायातामा उस्तै समस्या भोक्नुपर्ने चिन्ता व्यक्त गरिएको छ । हुलाकी राजमार्ग आयोजनाले उक्त सडक ० देखि २० किलोमिटर, २० देखि ४० र ४० देखि ६२ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । बजेट कुम्ल्याउन र सरकारको ढुकुटी सिध्याउन ढिलासुस्ती भईरहेको स्थानीको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्