गिरिजाप्रसादको सम्झनामा विराटनगरमा संग्रहालय र अस्पताल बन्ने



सरोज यादव, विराटनगर ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरणमा संग्रहालय र अस्पताल निर्माण हुने भएको छ ।

जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले विराटनगरमा पूर्वप्रधानमन्त्री कोइरालालको स्मरणमा संग्रहालय सगै अस्पताल निर्माणको तयारी अघि वढाएको हो ।

जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले आज पत्रकार सम्मेलन गरी जीपी संग्रहालय र अस्पताल निर्माणको तयारीको बारेमा जानकारी गराएको हो । जीपी फाउण्डेशन प्रदेश एक कार्यालयका प्रमुख इन्दिरा थापाले निकट भविष्यमा नै फाउण्डेशनको लगानीमा जीपी संग्रहालय र अस्पताल निर्माणको काम अघि बढाइने जानकारी दिए ।

उनले फाउण्डेशनको एक नं प्रदेश कार्यालयको आगामी मंसिर २ गते उद्घाटन सगै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनीको तयारी समेत गरिएको उनले बताए ।

फाउण्डेशन कार्यालयको कांग्रेस नेताहरु डा. शंशाक कोइराला,डा शेखर कोइराला र सुजता कोइरालाले संयुत रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजता कोइरालाले निर्माण गरेको घरमा उनले आफना पिता गिरिजाप्रसाद कोइरालाको नाममा जीपी फाउण्डेशन संस्था सञ्चालन गरी सो घर सो संस्थाको नाममा हस्तान्तरण गरेकी छिन ।

कोइराला निवास अगाडी गिरजाप्रसाद कोइराला पुत्री सुजताको नाममा रहेको चार कट्ठा क्षेत्रफल जमिनमा तीन तल्ले भवन निर्माण गरिएको छ ।

फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा चार कट्ठा क्षेत्रफल मध्यको बाँकी जमिनमा गिरिजाप्रसाद कोइरालाको स्मरणमा जीपी संग्रालयको निर्माण गरिने छ । त्यसैगरी जीपीको नाममा अस्पताल निर्माणको समेत तयारी गरिएको जीपी फाउण्डेशन प्रदेश कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्