नेपालगन्जस्थित पुस्पलाल चोकमा शंकास्पद बस्ते भेटियो, स्थानीय त्रसित



बाँके ।नेपालगन्जस्थित पुस्पलाल चोकमा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि स्थानियहरु त्रसित भएका छन । प्रहरीले बम शंकास्पद बस्तु बम हुनसक्ने आशंका गरेको छ ।

बिहान करिव ११ बजेतिर स्थानियहरुले प्लाष्टिकमा राखिएको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले त्यस क्षेत्रबाट पर्चारपम्पलेट समेत बरामद गरेको जनाएपनि कुन समुहको हो भन्ने बारे कुनै जानकारी दिएको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उक्त वस्तु हटाउनकालागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाईएको छ । अहिले त्यहाँको सवारी साधनलाई पनि रोकेर सेनाको टोलीले शंस्कास्पद बस्तुको अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्