प्रदुशण बढेपछि कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द



नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहीबार एक घण्टा बन्द गराइएको छ ।
धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले उक्त सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन् । सडक विस्तारको नाममा स्थानीयबासीको स्वास्थ्यमाथि खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गरेको स्थानीय समिर महर्जनले बताए ।

यो सडक खण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन् ।

स्नीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौता गरिसकेका छन् । तर त्यसको पालना नभएको स्थानीयको गुनासो छ । सडक पीच, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए सो सडक खण्ड बन्द अनिश्चतकालसम्म गर्ने स्थानीयको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्