परिवारले बोक्सीको आरोप लगाउदा  ६ महिना जेल



विजय नेपाली , पोखरा,

बोक्सी  भएको भन्दै आफ्नै बुहारीलाई  कुटपिट गरेको आरोपमा जेठाजु  सन्तोष परियारलाइ जिल्ला अदालत कास्किले ६ महिना जेल र पाँच हजार रुपैयाँ जरिवान सुनाएको छ ।

गत जेठ महिनामा  अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ का सन्तोष परियार लगायत पिडितको श्रीमान, देवर, देवरानी, सासु र ससुरा  समेतले  ती महिलालाई बोक्सीको आरोपमा हातपात गर्दा घाइते भएकी थिइन ।

जिल्ला अदालतमा भएको ३ नम्बर इजालस न्यायधीश काजीबहादुर राईले बोक्सीको आरोप कसुर सजाय ऐन २०७२ को १ परिक्षदको ४ को दफा ११‘१’ को ‘क’‘ख’‘घ’ र ‘ङ’ र उपदफा ४ अनुसार सजाए बमोजिम फैसला सुनाएका हुन  । उनका परिवार मध्येका  राजु परियार, उमा परियार, माया परियार र राजकुमारी परियारले भने  सफाई पाएका छन् ।

उनीहरुले आफ्नै परिवारका  सदस्य पुजा परियारमाथी बोक्सीको आरोप लगाएको अभियोगमा गत जेठ ९ गते उनहिरुबिरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । परिवारकी महिला सदस्यको उजुरीको आधारमा  जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेको थियो ।

घरको  एक महिला केही दिनअघिबाट बिरामी भएकी थिइन् । बिरामी उपचार गर्न अस्पताल नगई धामी झाँक्रीकोमा  गएको  श्रोतले जानकारी दिए । स्रोतका अनुुसार उनी बिरामी भएको बेलामा झाक्रीले  घरकै अर्की महिलाको नाम लिएपछि उनैमाथि बोक्सीको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्