जापानमा छक्का पञ्जा–३



टोकियो, जापान, (नेस)। नेपालदेखि विदेशसम्म लोकप्रियता पाइरहेको फिल्म छक्का पञ्जा–३ जापानको टोकियोमा प्रदर्शन गरिने भएको छ।

सूर्य कर्पोरेसन लिमिटेडले छक्का पञ्जा–३ को जापान राईट्स लिएसँगै यही नोभेम्बर १८ तारिक आइतबारका दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो हुने भएको हो। जापानको १५ भन्दा बढी शहरमा प्रदर्शन हुन लागेको फिल्मको क्रमिकरूपमा मिति, समय र स्थान तय हुँदै गइरहेको कर्पोरेसनका डाइरेक्टर वासुदेव लामिछानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्