ईन्टरपोलको महासभामा भाग लिन आईजीपी खनाल दुबई जाँदै



काठमाडौं । ईन्टरपोलको ८७ औं महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल भोलि दुबई जान लाग्नुभएको छ ।

महासभामा सिआईबीका डिआईजी निरज शाही र नेपाल प्रहरीको ईन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी पनि खनालसँगै दुबई जाने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ ।

मङ्सिर १ गते देखी ४ दिनसम्म चल्ने महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन, अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने बताइएको छ ।

महासभाले संगठनको रिक्त रहेको अध्यक्षलगायत अन्य पदको समेत पूर्तिसमेत गर्ने भएको छ । महासभामा कोशोभा, किरिबाटी र भानुआटुले सदस्यताको लागि दिएको निबेदनमाथि समेत निर्णय हुने बताइएको छ ।

महानिरीक्षक खनाल मङ्सिर ८ गते स्वदेश फर्कनुहुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्