ट्रान्सफर्मर पड्किएर ठूलोभर्‍याङमा घर जल्यो



काठमाडौं । काठमाडौंका ठूलोभर्‍याङमा विद्युत्त ट्रान्सफर्मर पड्किएर आगलागी भएको छ ।

ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको छ ।

तर, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरी जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान ७ बजे लागेको आगलागीबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्