लाइसेन्सको आवदेन मंसिर ७ मा खुल्ने



काठमाडौं(नेस) दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतीपत्र ‘लाइसेन्स’ को आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ।

मंसिर ७ गते १० बजेबाट अनलाइन फाराम खुल्ला गरिने यातयात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिनुभयो । खनालका अनुसार दशैं अघिबाट अनलाइन फाराम रोकिएको भएपनि रिट्रायल लगायतका कामहरु भने भइरहेका छन् ।

काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भ¥याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चार वटा कार्यालय मार्फत अनलाइन आवेदन भर्न सकिने छ। चार वटै कार्यालयबाट ‘बाइक’, ‘स्कुटर’ र ‘काररजीप’ का लागि आवेदन दिन सकिने छ।

अनलाईन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइन गर्न सकिन्छ। यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ। परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएको भएपनि बर्ष दिन कुर्नुपर्ने बाध्यता भने हट्न सकेको छैन। करिव ६ लाखले ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्