देश बनाउने कि ज्यान ?



निकै मिहिनेतका साथ आएको संविधान कतै तुहिँदैन धरहरालाई चिन्ता लाग्न थालेको छ । संविधान नबन्दा संविधानको चिन्ता, बनेपछि कार्यान्वयनको पिरलो । राजनीतिक दलहरु संविधानबमोजिम देशलाई विकासको गतिमा लैजानेभन्दा पनि पार्टीका कार्यकर्ताको भागबण्डा कसरी मिलाउने भन्नेमै तल्लीन छन् ।

सत्ता टिकाउने र बोली बिकाउने भन्दा फिट्टी केही गरेको देखिँदैन । गरिबको अनुहारमा खुसी ल्याउने कुरा त परको हो, आफैंले बनाएको संविधान घाँडो भएको छ उनीहरुलाई अहिले । अहिलेसम्म न त अन्तरप्रदेश परिषद्को बैठक बस्न सकेको छ न त संघीय कानुन नै पूर्ण छन्, आयोगहरु त झन् अलपत्र ।
संविधान मजबुत बनाउने वेला अहिले त धमाधम मन्त्रीहरु नै चट हुँदै छन् ।

मुल कानुन नै अफ्ठेरोमा प¥यो भने कसरी पूरा होला समृद्धि कसरी सम्भव होला विकास । नेताहरुलाई देश बनाउने चिन्ताभन्दा पनि आफ्नो ज्यान बनाउने चिन्ता त छैन धरहरा नेताहरुको छाँट देखेर तिनछक परेको छ ।

प्रतिक्रिया दिनुहोस्