ह्वाइट हाउस भित्रको विवाद बाहिरियाे



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले एक बरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीलाई बर्खास्त गर्न माग गरेकी छिन् ।

गत अक्टोबरमा अफ्रिकाको भ्रमणका क्रममा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प र सहायक राष्ट्रिय सुरक्षा सल्लाहाकार मिरा रिकार्डेलबीच खटपट भएको सन्चार माध्यमहरुले जनाएका छन् ।

उनका प्रवक्तले भने– प्रथम महिलाको कार्यालयले ह्वाइट हाउसलाई उनको सेवाको आवश्यक नभएको बताएको जानकारी दिए ।

ह्वाइट हाउस र राष्ट्रिय सुरक्षा परिषदले उक्त घटनाक्रममा कुनै टिप्पणी गरेको छैन । अमेरिकी सन्चार माध्यमका अनुसार ट्रम्प ह्वाइट हाउसको वेस्ट विंगमा केही महत्वपुर्ण परिवर्तन गर्ने सोचमा रहेका छन् । यसमा ह्वाइट हाउसका चिफ अफ स्टाप जोन केली वा गृह सुरक्षा विभागका प्रमुख कस्र्टजेन निलसनलाई हटाउन सकिने अनुमान गरिएको छ ।

राष्ट्रिय सुरक्षाका उप सल्लाहकारका रुपमा मिरा रिकार्डेल विगत सात महिनादेखि राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टको नेतृत्वमा रहेको शक्तिशाली राष्ट्रिय सुरक्षा परिषदकको सदस्य रहेकी छिन् ।

मेलानियाद्वारा वरिष्ठ सुरक्षा अधिकारीको बर्खास्तको माग

अमेरिकी सन्चार माध्यमका अनुसार मेलानिया र मिराबीच अफ्रिका यात्राका क्रममा विमानको सिटमा बस्ने कुरामा खटपट भएको थियो । उक्त यात्राका क्रममा एबीसी नेटवर्कलाई दिएको अन्तरवार्तामा मेलानियाले भनेकी थिइन्, ‘ह्वाइट हाउसमा केही त्यसता तत्व छन जसमाथि विश्वास गर्न सकिदैन । ‘
मेलानियाले भनेकी थिइन्– म राष्ट्रपतिलाई पुर्ण इमान्दारीका साथ आफनो राय दिन्छु र के गर्ने वा के नगनर्,े भन्ने विषयमा उसले फैसला गर्छ ।

मंगलबार द वालस्ट्रिट जर्नलको एक समाचारमा मेलानिया ट्रम्पको टोलीलाई प्रथम महिला र ह्वाइट हाउसका बारेमा आएका केही नकारात्मक रिपोर्ट पछाडी मिरा रिकार्डेल हो भन्ने लागेको उल्लेख गरेको छ । अखबारले आफ्नो समाचारमा उनको रक्षा मन्त्री जेम्स मेटिससँग पनि रक्षा नितिलाई लिएर मतभेद हुने गरेको जनाएको छ ।

ह्वाइट हाउसमा दिपावली
यसैबीच राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा दिपावली मनाउँदै गरेको केही तस्वीर ट्विट गरेका छन् । उक्त तस्विरमा मिरा रिकार्डेल पनि देखिएकी छिन् । रिकार्डेल यसअघि वाणिज्य विभागमा थिइन् र उनीसँग अमेरिकी सरकामा काम गरेको दशकौंको अनुभव छ । यसअघि उनले राष्ट्रपति जर्ज बुसको कार्यकालमा रक्षा विभाग काम गरेकी थिइन् ।


यसैबीच मेलानिय ट्रम्पको तर्फबाट जारी बयानमा उनको र जोन केलीबीचको सम्बन्ध सामान्य रहेको उल्लेख गरेकी छिन् । बायनले भेनका छन्– चीफ केली र मेलानिया ट्रम्पबीचको सम्बन्ध अत्यन्त सकारात्मक छ र दुबैबीच कहिल्यै पनि कुनै विवाद भएको छैन ।

प्रतिक्रिया दिनुहोस्